Breaking News
आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||    

मुख्यमन्त्री लामाले आज विश्वासको मत लिँदै

  •   २ वर्ष अघि | १५ साउन २०८१, मङ्लबार

१५ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै छन्। ९ साउनमा नेपाली कांग्रेसका लामा नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।

विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आज दिउँसो ३ बजेका लागि बैठक आह्वान गरेका छन्। लामाले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिन प्रस्ताव पेश गर्ने छन्। 

मुख्यमन्त्री लामालाई कांग्रेसका ३७ र एमालेका २७ सांसदको समर्थन छ। ११० सदस्यीय प्रदेशसभामा ५६ सांसदको बहुमत आवश्यक हुन्छ।

६ साउनमा माओवादी केन्द्रका शालिकराम जम्कट्टेलले राजीनामा दिएपछि ९ साउनमा लामाले सरकारको दावी पेश गरेका थिए। १० साउनमा प्रदेश प्रमुख यादव चन्द्र शर्माले लामालाई सपथ गराएका थिए।

  • Jigyasa media

थप