Breaking News
सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||    

४२ दिने शिशुको हातबाट जुस पिएर केदार कार्कीले तोडे अनशन

  •   २ वर्ष अघि | २७ भदौ २०८१, बिहिबार

विराटनगर, भदौ २७ - कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सरकारसँगको सहमतिपछि अनशन तोडेका छन्। उनले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचारको माग गर्दै अनशन सुरु गरेका थिए। सहमतिपछि ४२ दिनको शिशुको हातबाट जुस पिएर उनले अनशन अन्त्य गरेका हुन्।

विराटनगर-६ की निर्मला शर्माका ४२ दिनका छोरा, उपचार खर्चको अभावमा ७ दिनसम्म अस्पतालमा बस्न बाध्य थिए। पूर्वमुख्यमन्त्री कार्कीकै पहलमा उनीहरूलाई डिस्चार्ज गरिएको थियो। बुधबार राति कार्कीले उनै शिशुको हातबाट जुस पिउँदै अनशन तोडे।

मंगलबारबाट सुरु भएको कार्कीको अनशनका क्रममा सरकारसँगको सहमतिका लागि बुधबार वार्ता भएको थियो। आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर र आन्तरिक मामिला तथा कानुन मन्त्री लीलावल्लभ अधिकारी अनशनस्थलमा पुगेर सरकार कार्कीका ९ बुँदे माग पूरा गर्न तयार रहेको सन्देश लिएर आएका थिए।

कार्कीले उठाएका प्रमुख मागमा १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार कटौती, गरिब जेहेन्दार विद्यार्थीको छात्रवृत्ति हटाउने, महिला स्वयंसेविकाको प्रोत्साहन भत्ता रोक्ने र सुकुम्बासीलाई जग्गा खरिद गर्दा दिने बैंक ब्याज अनुदानको कटौती लगायतका मुद्दाहरू थिए।


  • Jigyasa media

थप