Breaking News
च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||    

संकटग्रस्त क्षेत्र घोषणा, प्रधानमन्त्री कोषमा सहयोग, र काभ्रेका तीन पालिकालाई काठमाडौं महानगरको राहत

  •   २ वर्ष अघि | १८ असोज २०८१, शुक्रबार

काठमाडौं, असोज १८ – बाढी, पहिरो र डुवानले थलिएका १४ जिल्लाका पालिकाहरूलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गरिएको छ। राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिले पाँचथर, सिन्धुली, मकवानपुर, ललितपुर, रौतहट लगायतका जिल्लाहरूमा विपद संकटग्रस्त क्षेत्र घोषणा गर्न सरकारलाई सिफारिस गरेको हो। गृहमन्त्री रमेश लेखकको नेतृत्वमा बसेको बैठकले यी क्षेत्रहरूको पुनर्निर्माण तथा उद्धार कार्यमा विशेष प्राथमिकता दिइने जनाएको छ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज मात्रै तीन करोड ५० लाख रुपैयाँभन्दा बढी रकम जम्मा भएको छ। सरकारी र निजी क्षेत्रका बैंक, बीमा कम्पनी, र वित्तीय संस्थाहरूले यो रकम हस्तान्तरण गरेका हुन्। यो सहयोगले बाढी, पहिरो पीडितहरूको राहत वितरणलाई तीव्रता दिने विश्वास प्रधानमन्त्री ओलीले व्यक्त गरेका छन्।

त्यस्तै, काठमाडौं महानगरपालिकाले बाढी प्रभावित काभ्रेको पनौती नगरपालिका, रोशी गाउँपालिका, र बेथानचोक गाउँपालिकालाई २०/२० लाख रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ। मेयर बालेन साहको नेतृत्वमा बसेको विपद् व्यवस्थापन समितिको बैठकले यी पालिकाहरूलाई सहयोग गर्ने निर्णय गरेको हो, जसले पुनर्निर्माण र उद्धारमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।

महानगरले आन्तरिकतर्फ आफ्नो क्षेत्रभित्र भएका क्षतिको विवरण संकलन गरी थप राहत वितरणका लागि तयारी गरिरहेको छ।


  • Jigyasa media

थप