Breaking News
पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||    

पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो

  •   २ घण्टा अघि | ९ असोज २०८३, शुक्रबार

काभ्रे, असोज ९ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ चारसयबेँसी र रोशी गाउँपालिका–८ गिम्दीबेँसीस्थित बीपी राजमार्ग पहिरो खसेपछि अवरुद्ध भएको छ।

आज बिहान करिब ४ः३० बजे सडक माथिबाट पहिरो खसेपछि राजमार्गको दुवैतर्फको सडक अवरुद्ध भएको हो।

पहिरोका कारण बीपी राजमार्ग हुँदै आवतजावत गर्ने सवारीसाधन तथा यात्रु प्रभावित भएका छन्। सडक अवरुद्ध रहेकाले तत्काल सो सडकखण्ड हुँदै यात्रा गर्ने यात्रुलाई सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरिएको छ।

सम्बन्धित निकायले पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास गर्ने भए पनि सडक कहिलेसम्म खुल्ने भन्नेबारे स्पष्ट जानकारी सार्वजनिक भइसकेको छैन।

बीपी राजमार्ग हुँदै यात्रा गर्ने यात्रु तथा चालकलाई सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।

  • Jigyasanepal

थप