Breaking News
आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||    

आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी

  •   २ घण्टा अघि | ९ असोज २०८३, शुक्रबार

काठमाडौँ, असोज ९ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा शुक्रबार अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार केही प्रदेशमा भारीदेखि अति भारी वर्षासमेत हुनसक्ने भएकाले सतर्कता अपनाउनुपर्ने अवस्था छ।

शुक्रबार बिहान ८ बजे जारी गरिएको मौसम पूर्वानुमानअनुसार हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिमी वायुको आंशिक प्रभाव पनि छ। भारतको उत्तर महाराष्ट्र तथा छत्तिसगढ आसपास रहेको बलियो न्यूनचापीय प्रणाली (डिप्रेसन) को प्रभावका कारण नेपालमा वर्षाको गतिविधि बढेको हो।

उक्त प्रणाली उत्तर–उत्तरपश्चिमतर्फ सर्दै आगामी २४ घण्टामा क्रमशः कमजोर हुने र न्यूनचापीय प्रणालीकै रूपमा रहने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

दिउँसो कहाँ–कहाँ वर्षा?

दिउँसो देशभर अधिकांश क्षेत्रमा बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भू–भागका अधिकांश स्थान तथा सुदूरपश्चिमका हिमाली भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका अधिकांश स्थान, कर्णालीका पहाडी क्षेत्रका अधिकांश स्थान तथा सुदूरपश्चिमका पहाडी र तराईका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

मधेस प्रदेशका केही स्थानमा पनि मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्नेछ। गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षा हुने सम्भावना छ।

मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने तथा मधेससहित कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई भू–भागका केही स्थानमा हावाहुरीको सम्भावना पनि रहेको छ।

राति पनि वर्षा कायमै रहने

राति पनि देशभर अधिकांश क्षेत्रमा बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भू–भागका अधिकांश स्थान तथा कोशी र बागमतीका हिमाली भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई भू–भागका अधिकांश स्थान, कर्णालीका पहाडी क्षेत्रका अधिकांश स्थान तथा मधेस, कोशी र बागमतीका पहाडी तथा तराईका केही स्थानमा मध्यम वर्षा हुनसक्नेछ।

रातिको समयमा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ।

त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

मधेस प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनीका तराई भू–भागका केही स्थानमा राति पनि हावाहुरी चल्नसक्ने सम्भावना रहेको छ।

  • Jigyasanepal

थप