Breaking News
आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान

  •   २ घण्टा अघि | १२ असोज २०८३, सोमवार

काठमाडौं । देशभर आज दिउँसो मौसम आंशिक बदली रहने मौसम पूर्वानुमान गरिएको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ।

यस्तै, सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थान तथा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

राति कहाँ–कहाँ वर्षाको सम्भावना ?

रातिको समयमा देशका हिमाली तथा पहाडी भू–भागसँगै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। बाँकी तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।

राति पनि हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा मध्यम वर्षा र हिमपात हुन सक्ने महाशाखाको पूर्वानुमान छ।

समग्रमा, आज देशका अधिकांश भू–भागमा आंशिक बदली रहने र पहाडी तथा हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना देखिएको छ।

  • Jigyasanepal

थप