Breaking News
हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज ३५ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा पनि बहाव बढ्ने    ||     छ प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

कोशी प्रदेशमा पुनः बदली सुरु, बाढीपहिरोको सम्भावना

  •   २ वर्ष अघि | १५ असोज २०८१, मङ्लबार

काठमाडौं, १५ असोज – केही दिनको खुला मौसमपछि कोशी प्रदेशमा आजदेखि फेरि बदली सुरु भएको छ। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान महाशाखाले कोशीमा बादलले छोपिसकेको र यसको प्रभाव मधेस, बागमती, र गण्डकी प्रदेशसम्म देखिने जानकारी दिएको छ।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार कोशी प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुनेछ भने मधेस, बागमती, र गण्डकी प्रदेशमा समेत यसको प्रभाव पर्नेछ। सुदूरपश्चिम, कर्णाली, र लुम्बिनीमा भने वर्षाको सम्भावना कम छ। यो अवस्था भोलि र पर्सीसम्म जारी रहने भए पनि ठूलो र निरन्तर वर्षा हुने सम्भावना भने नरहेको उनले बताइन्।

तर, यसअघिको अविरल वर्षाले देशका धेरै भाग गलेका कारण थोरै पानीले पनि बाढीपहिरोको जोखिम उच्च रहेको जनाइएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ भने भारतको मध्य प्रदेश नजिकको न्यून चापीय प्रणालीले नेपालमा आंशिक प्रभाव पारिरहेको छ।

विभागका अनुसार आज राति कोशीसहित देशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारण बदली हुनेछ र हल्कादेखि मध्यम वर्षा पनि हुने सम्भावना छ। असोज १६ र १७ गते कोशी, मधेस, बागमती, र गण्डकी प्रदेशमा हल्कादेखि मध्यम वर्षा जारी रहनेछ। कोशी प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना पनि रहेको विभागले जारी गरेको बुलेटिनमा उल्लेख छ।


  • Jigyasa media

थप