मोरङ — मोरङको उर्लाबारी नगरपालिका–३ मंगलबारेमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
पश्चिमबाट पूर्वतर्फ गइरहेको को २८ प २२९३ नम्बरको मोटरसाइकलले बाटो काट्ने क्रममा ठक्कर दिँदा मिक्लाजुङ गाउँपालिका–४ निवासी करिब ७० वर्षीय फौदसिंह विक गम्भीर घाइते भएका थिए। आइतबार दिउँसो २:३० बजे भएको उक्त दुर्घटनापछि उनलाई उपचारका लागि मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पुर्याइएको थियो, जहाँ ४:०० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि मोटरसाइकल चालक सुन्दरहरैँचा नगरपालिका–१० निवासी १९ वर्षीय अजाद हुसेनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा उनको सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएको खुल्न आएको छ। प्रहरीका अनुसार वृद्धले बाटो पार गर्ने क्रममा दुर्घटना भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
- Jigyasa media