Breaking News
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज ३५ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा पनि बहाव बढ्ने    ||     छ प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     नेपाल स्रष्टा समाजको २० औं अधिवेशन सम्पन्न,श्रीओम श्रेष्ठ रोदनुको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित    ||     आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना    ||     त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धारको आशा पलायो, मानिस बोलेको आवाज सुनिएको दाबी    ||     आज श्रीकृष्ण जन्माष्टमी : श्रद्धा, भक्ति र उत्सवमा रम्दै देशभर    ||    

संखुवासभामा बोलेरो दुर्घटना : पैदल यात्रु ठक्कर, गाडी अरुण नदीमा बेपत्ता

  •   १ वर्ष अघि | १६ बैशाख २०८२, मङ्लबार

विराटनगर, बैशाख १६ । संखुवासभाको धर्मदेवी नगरपालिका–८ सुर्तीबारीमा सोमबार दिउँसो एक बोलेरो गाडी अरुण नदीमा खसेर बेपत्ता भएको छ। दुर्घटनामा पैदल यात्रु ठक्कर खाँदा गाडी अनियन्त्रित भएर करिब ४० मिटर तल नदीमा खसेको हो।

प्रदेश १–००२ च ४१०३ नम्बरको बोलेरो संखुवासभाबाट धनकुटातर्फ जाँदै थियो। जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार बोलेरो चालकसहित दुई जना यात्रुले नदीमा खस्ने क्रममा हाम फालेर ज्यान जोगाएका छन्।

दुर्घटनामा तीन जना घाइते भएका छन्। घाइतेहरूमा खाँदवारी नगरपालिका–९ का ४० वर्षीय रमेश राई, मकालु गाउँपालिका–५ याङ्सीमाका २० वर्षीय किरण गुरुङ, र चैनपुर नगरपालिका–११ का ६६ वर्षीय पैदल यात्री ढोकरबहादुर पाण्डे छन्। घाइतेहरूको तुम्लिङटारस्थित मनकामना अस्पतालमा उपचार भइरहेको छ।

जिल्ला प्रहरीका अनुसार गाडीका मालिक समेत रहेका रमेश राई पनि घाइते भएका हुन्। बोलेरोमा चालक र अर्का एकजना मात्रै सवार थिए।

गाडी हालसम्म नदीमा बेपत्ता रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

  • Jigyasanepal

थप