Breaking News
बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||     आज हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, बुधबारदेखि देशभर वर्षा हुन सक्ने    ||     बुधबारदेखि नेपालमा वर्षा गराउन सक्ने मौसमी प्रणाली सक्रिय हुने सम्भावना    ||     काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १३.३ डिग्रीमा झर्‍यो, यो वर्षकै कम प्रारम्भिक मापन    ||     एकादशीमा पनि दसैँको टीका जारी, कोजाग्रत पूर्णिमासम्म लगाउने परम्परा    ||     आज विजयादशमी : बिहान ८:४९ पछि टीका लगाउन सकिने, उत्तम साइत १०:२६ बजे    ||     महानवमीमा तलेजु भवानीको दर्शन गर्न भक्तजनको घुइँचो, बिहान ५ देखि साँझ ६ बजेसम्म खुला    ||    

संखुवासभामा बोलेरो दुर्घटना : पैदल यात्रु ठक्कर, गाडी अरुण नदीमा बेपत्ता

  •   १ वर्ष अघि | १६ बैशाख २०८२, मङ्लबार

विराटनगर, बैशाख १६ । संखुवासभाको धर्मदेवी नगरपालिका–८ सुर्तीबारीमा सोमबार दिउँसो एक बोलेरो गाडी अरुण नदीमा खसेर बेपत्ता भएको छ। दुर्घटनामा पैदल यात्रु ठक्कर खाँदा गाडी अनियन्त्रित भएर करिब ४० मिटर तल नदीमा खसेको हो।

प्रदेश १–००२ च ४१०३ नम्बरको बोलेरो संखुवासभाबाट धनकुटातर्फ जाँदै थियो। जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार बोलेरो चालकसहित दुई जना यात्रुले नदीमा खस्ने क्रममा हाम फालेर ज्यान जोगाएका छन्।

दुर्घटनामा तीन जना घाइते भएका छन्। घाइतेहरूमा खाँदवारी नगरपालिका–९ का ४० वर्षीय रमेश राई, मकालु गाउँपालिका–५ याङ्सीमाका २० वर्षीय किरण गुरुङ, र चैनपुर नगरपालिका–११ का ६६ वर्षीय पैदल यात्री ढोकरबहादुर पाण्डे छन्। घाइतेहरूको तुम्लिङटारस्थित मनकामना अस्पतालमा उपचार भइरहेको छ।

जिल्ला प्रहरीका अनुसार गाडीका मालिक समेत रहेका रमेश राई पनि घाइते भएका हुन्। बोलेरोमा चालक र अर्का एकजना मात्रै सवार थिए।

गाडी हालसम्म नदीमा बेपत्ता रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

  • Jigyasanepal

थप