Breaking News
अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सार्ने परम्परासँगै चतुर्मास व्रतको शुभारम्भ    ||    

पाथीभरा तीर्थयात्रामा विपत्ति : ताप्लेजुङमा जिपमा आगलागी, चारजनाको ज्यान गयो

  •   १ वर्ष अघि | ८ बैशाख २०८२, सोमवार

ताप्लेजुङ । प्रसिद्ध धार्मिक स्थल पाथीभरा दर्शनका लागि तीर्थयात्री बोकेको जिपमा आइतबार बिहान भएको आगलागीमा परी चार जनाको घटनास्थलमै मृत्यु भएको छ।

घटनास्थल फुङ्लिङ नगरपालिका–१०, तेर्सेमा बिहान करिब ४ः५० बजे जिपमा विद्युत् तारको सम्पर्कबाट आगलागी भएको बताइएको छ। फुङ्लिङ बजारबाट पाथीभरा मन्दिरतर्फ जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जिप अचानक आगोले ग्रस्त भएको हो।

स्थानीय पत्रकार वसन्त लिम्बूका अनुसार, मृतकहरूमा जिप चालक ४५ वर्षीय दुर्गा भट्टराई (फुङ्लिङ), १६ वर्षीया आध्या आचार्य (ललितपुर), ७० वर्षीय विनोद पौडेल र ६९ वर्षीया सरिता पौडेल (झापा, भद्रपुर-१५) रहेका छन्।

तीर्थयात्रामा सँगै रहेकी ललितपुरकी ४५ वर्षीया सविना (सन्ध्या) आचार्य गम्भीर घाइते भएकी छन् भने उनका नौ वर्षीय छोरा अभियव आचार्य सामान्य घाइते भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका इन्स्पेक्टर विवेक बस्नेतका अनुसार सविनाको शरीरको ठूलो भाग जलेको छ र उनलाई हेलिकोप्टरमार्फत उद्धार गरी थप उपचारका लागि लैजाने तयारी भइरहेको छ।

सामान्य घाइते बालकको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने घटनाको थप अनुसन्धान भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी स्रोतले जानकारी दिएको छ।

यो दुर्घटना धार्मिक आस्थाको यात्रामा लागेको ठूलो पीडादायक क्षणको प्रतिनिधि बनेको छ। स्थानीय प्रशासन र प्रहरीको सक्रियतामा उद्धार तथा अनुसन्धान कार्य जारी रहेको छ।

  • A

थप