Breaking News
बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||     आज हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, बुधबारदेखि देशभर वर्षा हुन सक्ने    ||     बुधबारदेखि नेपालमा वर्षा गराउन सक्ने मौसमी प्रणाली सक्रिय हुने सम्भावना    ||    

पूर्वी नेपालमा वर्षा: सामान्य प्रभाव कि ठूलो प्रणाली?

  •   २ वर्ष अघि | १२ फाल्गुन २०८१, सोमवार

काठमाडौं । पछिल्लो २४ घण्टामा पूर्वी नेपालका केही स्थानमा हल्का वर्षा भएको छ। मौसमविद्का अनुसार, कोसी र मधेस प्रदेशका केही क्षेत्रहरूमा सामान्य प्रणालीको प्रभावका कारण वर्षा भएको हो।

सबैभन्दा धेरै वर्षा सप्तरीमा
मौसमविद् सञ्जीव अधिकारीका अनुसार, सप्तरीमा सबैभन्दा बढी ३६ मिलिमिटर वर्षा भएको छ भने मोरङको बाहुनीमा ८ मिलिमिटर पानी परेको छ। यसबाहेक, पूर्वी नेपालका केही स्थानमा १० मिलिमिटरसम्म वर्षा मापन गरिएको छ।

भारी वर्षाको सम्भावना छैन
"हालसम्म ठूलो वर्षा भएको छैन र तत्काल ठूलो पानी पर्ने सम्भावनासमेत देखिँदैन," मौसमविद् अधिकारीले बताए।

तर, केही स्थानहरूमा चट्याङसहित हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।

जल तथा मौसम विज्ञान विभागको वेबसाइटमा समस्या
विभागको वेबसाइटमा केही प्राविधिक समस्या देखिएको र त्यसलाई समाधान गर्न प्रयास भइरहेको अधिकारीले जानकारी दिए।

  • Jigyasa media

थप