काठमाडौं – नेपाली बजारमा सुनको मूल्यले फेरि इतिहास रचेको छ। बुधबार सुन प्रतितोला २ हजार ७ सय रुपैयाँले महँगिँदै हालसम्मकै उच्च दर १ लाख ८७ हजार रुपैयाँमा पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला १ लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। त्यसको तुलनामा आजको मूल्य वृद्धिलाई ऐतिहासिक मानिएको छ।
सुनसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।
सुनचाँदीको मूल्य वृद्धिले उपभोक्ताहरूको खर्चमा थप बोझ परेको छ भने लगानीकर्ताहरूका लागि भने यो अवस्था फाइदाजनक बन्ने अनुमान गरिएको छ।
- Jigyasa media