Breaking News
हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज ३५ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा पनि बहाव बढ्ने    ||     छ प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

सुन–चाँदीमा भारी उछाल: एकै दिन तोलामा ४,३०० रुपैयाँसम्म वृद्धि

  •   ७ महिना अघि | ७ फाल्गुन २०८२, बिहिबार

फागुन ७, बिहीबार | काठमाडौँ

नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै आन्तरिक माग बढ्दा सुन प्रतितोला ४ हजार ३०० रुपैयाँले महँगिएको छ भने चाँदी तोलामा १८० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज सुन प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार भने सुन प्रतितोला ३ लाख ४०० रुपैयाँमा किनबेच भएको थियो। एकै दिनमा भएको यो वृद्धिले बजारमा पुनः उच्च मूल्यको संकेत दिएको व्यवसायीहरू बताउँछन्।

त्यस्तै, चाँदीको मूल्य पनि उकालो लागेको छ। आज चाँदी प्रतितोला ५ हजार ६० रुपैयाँमा खरिदबिक्री भइरहेको छ, जबकि बुधबार चाँदीको मूल्य ४ हजार ८८० रुपैयाँ थियो।

व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढाव, अमेरिकी डलरको भाउ तथा लगानीकर्ताको सुरक्षित लगानीतर्फको आकर्षणले सुन–चाँदीको मूल्यमा प्रभाव पारिरहेको छ।

बजारमा निरन्तर मूल्यवृद्धि भइरहेकाले आगामी दिनमा पनि सुन–चाँदीको भाउ थप अस्थिर रहन सक्ने आकलन गरिएको छ।

  • Jigyasanepal

थप