Breaking News
हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज ३५ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा पनि बहाव बढ्ने    ||     छ प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

१७ वर्षीय किशोरीको निर्मम हत्या, अभियुक्त कर्मचारी पक्राउ

  •   १ वर्ष अघि | १७ साउन २०८२, शनिबार

धनगढी, साउन १७ — कैलालीको बर्दगोरिया गाउँपालिका–१ स्थित राजधानी सेकुवा एण्ड म:म सेन्टरमा कार्यरत १७ वर्षीया याचना सेजवालको चक्कु प्रहार गरी हत्या गरिएको छ। हत्या आरोपमा सोही होटलमा काम गर्ने ३३ वर्षीय नृप साउद पक्राउ परेका छन्।

शनिबार बिहान करिब १० बजे सेजवालमाथि चक्कु प्रहार भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले जानकारी दिए। गम्भीर घाइते सेजवाललाई उपचारका लागि तत्काल धनगढीस्थित निसर्ग अस्पताल लगिएको थियो, तर उपचारका क्रममा उनको मृत्यु भएको हो।

याचना बर्दगोरिया गाउँपालिका–३ की स्थायी बासिन्दा थिइन् र केही समयदेखि होटलमा काम गर्दै आएकी थिइन्। घटना लगत्तै प्रहरीले आरोपी साउदलाई नियन्त्रणमा लिएको छ। हत्या किन र कसरी भयो भन्ने विषयमा भने अझै स्पष्ट विवरण आएको छैन। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ।

सेजवालको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।

  • Jigyasanepal

थप