Breaking News
एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||    

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले दिए राजीनामा

  •   ३ महिना अघि | २८ साउन २०८३, बिहिबार

धनगढी, २८ साउन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिने घोषणा गरेका छन्।

बिहीबार प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले आफूले राजीनामा दिने घोषणा गरेका हुन्। उनले आफ्नो राजीनामा प्रदेश प्रमुख नजिर मियाँसमक्ष बुझाउने जानकारीसमेत प्रदेश सभालाई गराएका छन्।

बजेटका विषयमा असहमति जनाउँदै नेकपा एमालेले गत ३१ असारमा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि शाह नेतृत्वको सरकार अल्पमतमा परेको थियो। समर्थन फिर्ता भएको ३० दिनपछि मुख्यमन्त्री शाहले राजीनामाको घोषणा गरेका हुन्।

मुख्यमन्त्रीको राजीनामासँगै अब सुदूरपश्चिममा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने भएको छ। प्रदेश प्रमुखले संविधानअनुसार नयाँ सरकार गठनका लागि प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूलाई आह्वान गर्नेछन्।

शाहको राजीनामापछि सुदूरपश्चिम प्रदेशको सत्ता समीकरण फेरिने भएको छ भने नयाँ मुख्यमन्त्री चयनका लागि दलहरूबीचको राजनीतिक गतिविधि थप तीव्र हुने देखिएको छ।

  • Jigyasanepal

थप