Breaking News
लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सार्ने परम्परासँगै चतुर्मास व्रतको शुभारम्भ    ||     सर्वोच्चको परमादेश : अब पशु चिकित्सकले कानुनी रूपमा औषधि सिफारिस गर्न पाउने    ||     नेपाली कम्युनिस्ट आन्दोलनका अग्रदूत पुष्पलालको ४८औँ स्मृति दिवस आज    ||     वाग्मतीसहित चार प्रदेशमा आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||    

बैतडीका ६ सय ग्राहकको विद्युत् लाइन काटिने तयारी

  •   २ वर्ष अघि | ७ मंसिर २०८१, शुक्रबार

बैतडी, ७ मंसिर – नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले करिब ६ सय ग्राहकको विद्युत् लाइन काट्ने तयारी गरेको छ। विद्युत् प्रयोग गरे पनि महसुल नतिर्ने ग्राहकहरूबाट ८० लाखभन्दा बढी बक्यौता उठाउन बाँकी रहेको भन्दै केन्द्रले यस्तो कदम चालेको हो।

प्राधिकरणका अनुसार, ६० दिनभन्दा बढी समयदेखि महसुल नतिर्ने ५७९ ग्राहकले कुल ८० लाख ९९ हजार तीन सय ६२ रुपैयाँ बक्यौता तिर्न बाँकी छ। तीमध्ये ४९५ निजी ग्राहकबाट ६३ लाख ८० हजार एक सय २६ रुपैयाँ र ८४ वटा सरकारी कार्यालयबाट १७ लाख १९ हजार दुई सय ३५ रुपैयाँ असुल गर्न बाँकी रहेको छ।

प्राधिकरणका प्रमुख जनार्दन पौडेलले समयमै महसुल नतिर्ने ग्राहकहरूको लाइन काट्ने कार्य सुरु भइसकेको जानकारी दिए। "मिटर रिडिङ भएको ६० दिनभित्र महसुल तिर्ने व्यवस्था छ। यदि सो समयावधिमा रकम नतिरेमा लाइन काट्ने नीति अनुरूप कारबाही अघि बढाइएको छ," उनले भने।

गत आर्थिक वर्षमा पनि महसुल नतिर्ने ग्राहकहरूको लाइन काटेर ६४ लाख रुपैयाँ बक्यौता असुल गरिएको थियो। लाइन काटिएपछि महसुल तिर्ने ग्राहकहरूलाई पुनः लाइन जोडिदिने प्राधिकरणको नीति छ।

बैतडीका सदरमुकाम र पाटन क्षेत्रमा रहेका सरकारी कार्यालयहरूमध्ये पनि अधिकांशले बक्यौता तिर्न बाँकी रहेकोले यसपालि थप कडाइ गरिने जनाइएको छ।

ग्राहकहरूले समयमै महसुल नबुझाए प्राधिकरणको कठोर कदमले विद्युत् आपूर्तिमा अवरोध पुर्‍याउन सक्ने संकेत छ।


  • Jigyasa media

थप