Breaking News
वर्षाले त्रिवि क्रिकेट मैदान जलमग्न, एनपीएलको पहिलो खेल रद्द    ||     अर्नबको प्रभाव कमजोर हुँदै, अझै केही प्रदेशमा भारी वर्षा; दिउँसोपछि मौसममा सुधारको संकेत    ||     कृषिमा युवा आकर्षण बढ्दै: नेपालगञ्जमा तीन युवाले थाले व्यावसायिक सयपत्री फूल खेती    ||     भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||    

प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिले संसद् अवरुद्ध, प्रतिनिधिसभा बैठक जेठ २५ सम्म स्थगित

  •   ५ महिना अघि | १९ जेष्ठ २०८३, मङ्लबार

काठमाडौं, जेठ १९ — प्रधानमन्त्री बालेन शाहको संसद्मा दिएको विवादास्पद अभिव्यक्तिलाई लिएर उत्पन्न राजनीतिक तनावले प्रतिनिधिसभा बैठक अवरुद्ध भएको छ। विपक्षी दलहरूले संसद् बैठकमा नाराबाजी गर्दै वेल घेराउ गरेपछि सभामुख डोलप्रसाद अर्यालले बैठक कार्यसूचीमै प्रवेश नगरी जेठ २५ गते सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेका छन्।

दिउँसो १ बजे बस्ने तय भएको बैठक करिब दुई घण्टा ढिलो गरी ३ बजे सुरु भए पनि विपक्षी दलहरूको तीव्र विरोधका कारण नियमित कार्य सञ्चालन हुन सकेन। विपक्षी सांसदहरूले प्रधानमन्त्री शाहले आइतबार संसद्को रोष्ट्रमबाट दिएको “नेपालले पनि भारतको जमिन मिचेको छ” भन्ने अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने तथा प्रधानमन्त्रीले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग राख्दै बैठक अवरुद्ध गरेका थिए।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), श्रम संस्कृति पार्टीलगायत विपक्षी दलहरूले उक्त अभिव्यक्ति राष्ट्रिय हितसँग जोडिएको संवेदनशील विषय भएकाले उच्चस्तरीय राजनीतिक छलफलमार्फत समाधान खोजिनुपर्ने धारणा राखेका छन्।

विपक्षीको निरन्तर नाराबाजी र वेल घेराउका कारण संसद्को कार्यसूची अगाडि बढाउन नसकिने अवस्था सिर्जना भएपछि सभामुख अर्यालले कार्यसूचीका बुँदा नम्बर २ र ३ हटाउँदै बैठक स्थगित गर्ने घोषणा गरेका थिए।

प्रधानमन्त्री शाहको अभिव्यक्तिलाई लिएर संसद्भित्र मात्र होइन, बाहिर पनि व्यापक बहस र आलोचना भइरहेको छ। राजनीतिक वृत्तमा यस विषयले थप तरंग सिर्जना गरेको छ भने आगामी दिनमा सत्ता र प्रतिपक्षबीचको संवादले यसको निकास तय गर्ने अपेक्षा गरिएको छ।

संसद् अवरुद्ध भएसँगै महत्वपूर्ण विधेयक तथा अन्य संसदीय कामकारबाही पनि प्रभावित भएका छन्। अब जेठ २५ गते बस्ने बैठकअघि राजनीतिक सहमति जुट्ने वा विवाद अझ चर्किने भन्ने चासो बढेको छ।

  • Jigyasanepal

थप