Breaking News
हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज ३५ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा पनि बहाव बढ्ने    ||     छ प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिले संसद् अवरुद्ध, प्रतिनिधिसभा बैठक जेठ २५ सम्म स्थगित

  •   ३ महिना अघि | १९ जेष्ठ २०८३, मङ्लबार

काठमाडौं, जेठ १९ — प्रधानमन्त्री बालेन शाहको संसद्मा दिएको विवादास्पद अभिव्यक्तिलाई लिएर उत्पन्न राजनीतिक तनावले प्रतिनिधिसभा बैठक अवरुद्ध भएको छ। विपक्षी दलहरूले संसद् बैठकमा नाराबाजी गर्दै वेल घेराउ गरेपछि सभामुख डोलप्रसाद अर्यालले बैठक कार्यसूचीमै प्रवेश नगरी जेठ २५ गते सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेका छन्।

दिउँसो १ बजे बस्ने तय भएको बैठक करिब दुई घण्टा ढिलो गरी ३ बजे सुरु भए पनि विपक्षी दलहरूको तीव्र विरोधका कारण नियमित कार्य सञ्चालन हुन सकेन। विपक्षी सांसदहरूले प्रधानमन्त्री शाहले आइतबार संसद्को रोष्ट्रमबाट दिएको “नेपालले पनि भारतको जमिन मिचेको छ” भन्ने अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने तथा प्रधानमन्त्रीले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग राख्दै बैठक अवरुद्ध गरेका थिए।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), श्रम संस्कृति पार्टीलगायत विपक्षी दलहरूले उक्त अभिव्यक्ति राष्ट्रिय हितसँग जोडिएको संवेदनशील विषय भएकाले उच्चस्तरीय राजनीतिक छलफलमार्फत समाधान खोजिनुपर्ने धारणा राखेका छन्।

विपक्षीको निरन्तर नाराबाजी र वेल घेराउका कारण संसद्को कार्यसूची अगाडि बढाउन नसकिने अवस्था सिर्जना भएपछि सभामुख अर्यालले कार्यसूचीका बुँदा नम्बर २ र ३ हटाउँदै बैठक स्थगित गर्ने घोषणा गरेका थिए।

प्रधानमन्त्री शाहको अभिव्यक्तिलाई लिएर संसद्भित्र मात्र होइन, बाहिर पनि व्यापक बहस र आलोचना भइरहेको छ। राजनीतिक वृत्तमा यस विषयले थप तरंग सिर्जना गरेको छ भने आगामी दिनमा सत्ता र प्रतिपक्षबीचको संवादले यसको निकास तय गर्ने अपेक्षा गरिएको छ।

संसद् अवरुद्ध भएसँगै महत्वपूर्ण विधेयक तथा अन्य संसदीय कामकारबाही पनि प्रभावित भएका छन्। अब जेठ २५ गते बस्ने बैठकअघि राजनीतिक सहमति जुट्ने वा विवाद अझ चर्किने भन्ने चासो बढेको छ।

  • Jigyasanepal

थप