Breaking News
वर्षाले त्रिवि क्रिकेट मैदान जलमग्न, एनपीएलको पहिलो खेल रद्द    ||     अर्नबको प्रभाव कमजोर हुँदै, अझै केही प्रदेशमा भारी वर्षा; दिउँसोपछि मौसममा सुधारको संकेत    ||     कृषिमा युवा आकर्षण बढ्दै: नेपालगञ्जमा तीन युवाले थाले व्यावसायिक सयपत्री फूल खेती    ||     भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||    

जनार्दन शर्मा नयाँ राजनीतिक दल दर्ताको अन्तिम तयारीमा, सन्तोष परियार र मानुषी यमी नेतृत्वको सम्भावित नयाँ शक्ति

  •   १२ महिना अघि | २८ कार्तिक २०८२, शुक्रबार

काठमाडौँ ।

नेपाली राजनीतिमा फेरि एक पटक नयाँ राजनीतिक ध्रुवीकरणको संकेत देखिन थालेको छ। नेपाली कम्युनिस्ट पार्टीमा नगई “प्रगतिशील अभियान नेपाल” चलाइरहेका जनार्दन शर्माले नयाँ दल दर्ता गर्ने तयारीलाई तीव्र बनाएका छन्।

सन्तोष परियारले रास्वपा छाडेपछि नयाँ दलको मोडेल स्पष्ट हुँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचिवालय सदस्य सन्तोष परियारले शुक्रबारै पार्टी परित्याग गरेका छन्। उनले राजीनामा बुझाउनुअघि जनार्दन शर्मा र अन्य नेतासँग विस्तृत छलफल गरेको स्रोत बताउँछ। परियारको राजीनामासँगै नयाँ दल निर्माणको संकेत झनै स्पष्ट भएको छ।

मानुषी यमी, बाबुराम भट्टराई र सुदन किराँतीसमेत सक्रिय

शुक्रबार कुपन्डोलस्थित जनार्दन शर्माको सम्पर्क कार्यालयमा भएको निर्णायक छलफलमा राजनीतिक रूपमा प्रभावशाली व्यक्तिहरू उपस्थित थिए। सहभागीमध्ये—

डा. बाबुराम भट्टराई (नेसपा–नयाँ शक्ति)

मानुषी यमी भट्टराई (नेसपा–नयाँ शक्ति उपाध्यक्ष)

सुदन किराँती (प्रगतिशील राष्ट्रिय अभियान संयोजक)

राम कार्की

सन्तोष परियार

यी सबै नेताहरूले नयाँ दलको वैचारिक रूपरेखा, नाम तथा सांगठनिक संरचनाबारे विस्तृत छलफल गरेका छन्।

निर्वाचन आयोगमा नाम दर्ताका लागि तयारी

शुक्रबार नै निर्वाचन आयोगमा दल दर्ताको प्रारम्भिक चरणका लागि अभियानका एक केन्द्रीय सदस्यलाई खटाइएको स्रोतले जनाएको छ। आजै साँझसम्म नाम दर्ताको प्रारम्भिक प्रक्रिया अघि बढ्ने सम्भावना उच्च रहेको बताइएको छ।

सुदन किराँतीका अनुसार, “हामी निरन्तर छलफलमै छौँ। साँझसम्म एउटा निचोडमा पुग्छौँ,” भन्दै दल दर्ता प्रक्रियामा आफूहरू सक्रिय रूपमा लागेको पुष्टि गरेका छन्।

नेत्रविक्रम चन्द समूहसँग पनि संवाद

नयाँ दललाई वाम–प्रगतिशील मोर्चाको रूपमा अगाडि बढाउने योजनाअनुसार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको कम्युनिस्ट पार्टी नेपालसँग पनि निरन्तर संवाद भइरहेको बताइएको छ। समन्वय सफल भए नयाँ शक्ति, नयाँ एजेन्डा र नयाँ मोर्चाको रूपमा दल उदाउने राजनीतिक विश्लेषकहरूले अनुमान गरेका छन्।

सन्तोष परियार, मानुषी यमी र जनार्दन शर्माको सहकार्यमा बन्ने सम्भावित नयाँ राजनीतिक दलले नेपालको वर्तमान सत्ता–विपक्षी समीकरणमै ठूलो प्रभाव पार्ने देखिन्छ। संसदमा वैकल्पिक शक्ति निर्माणका लागि लामो समयदेखि चलेको बहसले अब मूर्त रूप लिन लागेको राजनीतिक वृत्तमा टिप्पणी छ ।

  • Jigyasanepal

थप