Breaking News
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

जनार्दन शर्मा नयाँ राजनीतिक दल दर्ताको अन्तिम तयारीमा, सन्तोष परियार र मानुषी यमी नेतृत्वको सम्भावित नयाँ शक्ति

  •   १० महिना अघि | २८ कार्तिक २०८२, शुक्रबार

काठमाडौँ

नेपाली राजनीतिमा फेरि एक पटक नयाँ राजनीतिक ध्रुवीकरणको संकेत देखिन थालेको छ। नेपाली कम्युनिस्ट पार्टीमा नगई “प्रगतिशील अभियान नेपाल” चलाइरहेका जनार्दन शर्माले नयाँ दल दर्ता गर्ने तयारीलाई तीव्र बनाएका छन्।

सन्तोष परियारले रास्वपा छाडेपछि नयाँ दलको मोडेल स्पष्ट हुँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचिवालय सदस्य सन्तोष परियारले शुक्रबारै पार्टी परित्याग गरेका छन्। उनले राजीनामा बुझाउनुअघि जनार्दन शर्मा र अन्य नेतासँग विस्तृत छलफल गरेको स्रोत बताउँछ। परियारको राजीनामासँगै नयाँ दल निर्माणको संकेत झनै स्पष्ट भएको छ।

मानुषी यमी, बाबुराम भट्टराई र सुदन किराँतीसमेत सक्रिय

शुक्रबार कुपन्डोलस्थित जनार्दन शर्माको सम्पर्क कार्यालयमा भएको निर्णायक छलफलमा राजनीतिक रूपमा प्रभावशाली व्यक्तिहरू उपस्थित थिए। सहभागीमध्ये—

डा. बाबुराम भट्टराई (नेसपा–नयाँ शक्ति)

मानुषी यमी भट्टराई (नेसपा–नयाँ शक्ति उपाध्यक्ष)

सुदन किराँती (प्रगतिशील राष्ट्रिय अभियान संयोजक)

राम कार्की

सन्तोष परियार

यी सबै नेताहरूले नयाँ दलको वैचारिक रूपरेखा, नाम तथा सांगठनिक संरचनाबारे विस्तृत छलफल गरेका छन्।

निर्वाचन आयोगमा नाम दर्ताका लागि तयारी

शुक्रबार नै निर्वाचन आयोगमा दल दर्ताको प्रारम्भिक चरणका लागि अभियानका एक केन्द्रीय सदस्यलाई खटाइएको स्रोतले जनाएको छ। आजै साँझसम्म नाम दर्ताको प्रारम्भिक प्रक्रिया अघि बढ्ने सम्भावना उच्च रहेको बताइएको छ।

सुदन किराँतीका अनुसार, “हामी निरन्तर छलफलमै छौँ। साँझसम्म एउटा निचोडमा पुग्छौँ,” भन्दै दल दर्ता प्रक्रियामा आफूहरू सक्रिय रूपमा लागेको पुष्टि गरेका छन्।

नेत्रविक्रम चन्द समूहसँग पनि संवाद

नयाँ दललाई वाम–प्रगतिशील मोर्चाको रूपमा अगाडि बढाउने योजनाअनुसार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको कम्युनिस्ट पार्टी नेपालसँग पनि निरन्तर संवाद भइरहेको बताइएको छ। समन्वय सफल भए नयाँ शक्ति, नयाँ एजेन्डा र नयाँ मोर्चाको रूपमा दल उदाउने राजनीतिक विश्लेषकहरूले अनुमान गरेका छन्।

सन्तोष परियार, मानुषी यमी र जनार्दन शर्माको सहकार्यमा बन्ने सम्भावित नयाँ राजनीतिक दलले नेपालको वर्तमान सत्ता–विपक्षी समीकरणमै ठूलो प्रभाव पार्ने देखिन्छ। संसदमा वैकल्पिक शक्ति निर्माणका लागि लामो समयदेखि चलेको बहसले अब मूर्त रूप लिन लागेको राजनीतिक वृत्तमा टिप्पणी छ ।

  • Jigyasanepal

थप