Breaking News
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

राजधानीमा आज नेकपा एमालेको शक्ति प्रदर्शन

  •   २ वर्ष अघि | ७ मंसिर २०८१, शुक्रबार

काठमाडौं, मंसिर ७ - सत्तारुढ दल नेकपा एमालेले आज राजधानी काठमाडौंमा शक्ति प्रदर्शन गर्न लागेको छ। ‘जागरण सभा’ नाम दिइएको यो प्रदर्शन अपराह्न १२:३० बजे दरबारमार्गमा आयोजना हुनेछ।

सभाको तयारीस्वरूप बिहान ११:३० बजे शहीद गेटबाट सुरु हुने जुलुस वीर अस्पताल, जमल हुँदै दरबारमार्गमा पुग्नेछ। सभामा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

पार्टी नेतृत्वविरुद्ध फैलाइएको अफवाहको खण्डन गर्न र आफ्नो शक्ति प्रदर्शन गर्न सभा आयोजना गरिएको एमालेले जनाएको छ। भक्तपुर, ललितपुर, काठमाडौंसहित उपत्यका आसपासका जिल्लाबाट ठूलो संख्यामा समर्थकहरू ल्याएर कार्यक्रम सफल बनाउने तयारी भएको छ।

यता, आजै कोटेश्वरमा दुर्गा प्रसाई समर्थक र माइतीघरमा सहकारी पीडितहरूको प्रदर्शन पनि हुने भएकाले राजधानीको ट्राफिक व्यवस्थापन प्रभावित हुने अनुमान गरिएको छ।


  • Jigyasa media

थप