Breaking News
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

डोनाल्ड ट्रम्प फेरि अमेरिकाको राष्ट्रपति निर्वाचित

  •   २ वर्ष अघि | २१ कार्तिक २०८१, बुधबार

कात्तिक २१, २०८१, काठमाडौं । डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति पदमा पुनः निर्वाचित भएका छन्। उनले बहुमत सिट (२७०) भन्दा बढी सिट जित्दै दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा पुनः विजय हासिल गरेका हुन्।

चुनावअघि डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिससँग कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिए पनि ट्रम्पले अन्ततः २७७ सिट प्राप्त गर्दै सहज जित दर्ता गरेका छन्। ह्यारिसले २२४ सिटमा मात्र सिमित रहिन्। यसअघि, ट्रम्पले हिलारी क्लिन्टनलाई पराजित गर्दै पहिलोपटक राष्ट्रपति पद जितेका थिए भने पछिल्लो निर्वाचनमा जो बाइडेनसँग पराजित भएका थिए।

विजयपछि आफ्नो सम्बोधनमा ट्रम्पले अमेरिकाका लागि यो "स्वर्ण युग" हुने भन्दै जनताको अभूतपूर्व समर्थनलाई धन्यवाद व्यक्त गरेका छन्। "यो अमेरिकी जनताको शानदार जीत हो, जसले अमेरिकालाई अझ सक्षम र समृद्ध बनाउनेछ। म ह्वाइटहाउसबाट पूर्ण प्रतिबद्धताका साथ काम गर्नेछु," ट्रम्पले भने।

उनले आफूलाई विजयसम्म पुर्याउने अमेरिकी नागरिकप्रति आभार प्रकट गर्दै आफ्ना समर्थकहरूको बलिदानी र समर्थनलाई उच्च सम्मान दिएका छन्। ट्रम्पले आफूलाई हत्या प्रयासबाट बचेको दिनलाई सम्झँदै यो जीतका लागि संघर्ष महत्त्वपूर्ण रहेको बताए। चुनावी र्‍यालीमा गोली प्रहार भए पनि उनी बाँच्न सफल भएका थिए।

सम्बोधनका क्रममा ट्रम्पले एक्स (पहिलेको ट्वीटर) का मालिक एलन मस्कलाई रिपब्लिकन पार्टीका "नयाँ स्टार"को रूपमा प्रशंसा गरे। उनले मस्कको योगदानलाई पार्टीका लागि एक उत्कृष्ट प्रेरणा भएको बताए।


  • Jigyasa media

थप