Breaking News
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान सुरु

  •   २ वर्ष अघि | ९ कार्तिक २०८१, शुक्रबार

८ कात्तिक, पोखरा: पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान सुरु गरिएको छ। सहकारी ठगी र संगठित अपराधका आरोपमा २ कात्तिकमा पक्राउ परेका लामिछानेलाई थप म्यादका लागि कास्की जिल्ला अदालतमा उपस्थित गराइएपछि सम्पत्ति शुद्धीकरणको मुद्दा पनि थपिएको हो।

कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माका अनुसार प्रारम्भिक अनुसन्धान सहकारी ठगी र संगठित अपराधमा केन्द्रित थियो, तर अब सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान पनि अगाडि बढाइएको छ। शर्माका अनुसार प्रतिवेदन तयार पार्ने काम भइरहेको छ र अन्तिम निष्कर्ष निकाल्न केही समय लाग्न सक्छ।

लामिछानेलाई ७ दिनको थप म्याद दिइएको छ। उनलाई बचत रकम दुरुपयोगको आरोपमा संसदीय छानबिन समितिले कारबाही गर्न सिफारिस गरेको थियो, जसमा ६५ करोड रुपैयाँ सहकारीमार्फत गोर्खा मिडिया नेटवर्कमा लगानी गरिएको आरोप छ।

यससँगै लामिछानेको कानुनी मुद्दा थप जटिल बन्दै गएको छ। रास्वपाले भने यो पक्राउलाई राजनीतिक प्रतिशोधको रूपमा चित्रण गर्दै विरोधका कार्यक्रमहरू घोषणा गरेको छ।


  • Jigyasa media

थप