काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७९औं महासभामा सहभागी हुन शुक्रबार संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन्। प्रधानमन्त्रीको अनुपस्थितिमा उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्रधानमन्त्रीको दैनिक प्रशासनिक जिम्मेवारी सम्हाल्ने भएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानअनुसार प्रधानमन्त्री ओलीको सिफारिसमा सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।
प्रधानमन्त्री ओली असोज १४ गते संयुक्त राष्ट्रसंघको महासभामा सहभागिता पूरा गरी स्वदेश फर्किने कार्यक्रम रहेको छ।

- Jigyasa media