Breaking News
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

प्रधानमन्त्री ओलीको आरोप : 'आन्दोलनका नाममा आतंक सिर्जना गर्ने प्रयास'

  •   १ वर्ष अघि | १४ चैत्र २०८१, बिहिबार

ललितपुर – प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरूले आन्दोलनका नाममा अनावश्यक आतंक फैलाउने प्रयास गरिरहेको आरोप लगाएका छन्।

बिहीबार आयोजित महिला उद्यमी महासंघको आठौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले संसद अवरुद्ध गरेर सरकारको काममा अवरोध पुर्‍याइँदै आएको बताए। उनले एक निकायको कर्मचारी व्यवस्थापनलाई बहाना बनाई संसद अवरुद्ध गर्नु अस्वाभाविक रहेको उल्लेख गरे।

प्रधानमन्त्री ओलीले चैत १५ गते काठमाडौंका दुई स्थानमा आयोजना हुने जुलुस र सभालाई अनावश्यक रूपमा ठूलो विषय बनाइएको बताए। उनले भने, "जुलुस र सभा हुन्छ, सकिन्छ। तिललाई पहाड बनाउन जरुरी छैन।"

उनले महिलाको संघर्ष र बलिदानकै कारण समाज परिवर्तनको यात्रा अघि बढेको उल्लेख गर्दै, आफ्नो नेतृत्वमा देशले महत्वपूर्ण रणनीतिक आयोजना अघि बढाएको दाबी गरे। देश चौतर्फी विकासको मार्गमा अघि बढेकाले निराश हुने अवस्था नरहेको उनको भनाइ थियो।


  • Jigyasa media

थप