Breaking News
आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||    

राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने तयारी छैन: प्रम ओली

  •   २ वर्ष अघि | ५ कार्तिक २०८१, सोमवार

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको तर्फबाट राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने कुनै तयारी नभएको स्पष्ट पारेका छन्। सोमबार प्रतिपक्षी दलहरूले संसद् छलेर दल फुटाउने उद्देश्यले अध्यादेश ल्याउने तयारी भएको भन्दै ज्ञापनपत्र बुझाएपछि ओलीले यस्तो प्रतिक्रिया दिएका हुन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनका अनुसार, "सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने योजना नराखेको पुष्टि प्रधानमन्त्री ओलीले गरेका छन्।" लिङ्देनले प्रतिपक्षी दलहरूले संसद् छलेर अध्यादेश ल्याउनु राजनीतिक व्यवस्थामाथि आक्रमण हुने भन्दै सरकारको ध्यानाकर्षण गराएको बताए।

साथै, प्रतिपक्षी दलहरूले सरकारलाई जनताको समस्यामा ध्यान नदिएको आरोप लगाउँदै बाढी, पहिरो पीडितहरूलाई सात दिनभित्र राहत र एक महिनाभित्र पुनःस्थापना गर्न माग गरेकाछन्।


  • Jigyasa media

थप