Breaking News
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

एनआरएनएमा राजनीति नगर्न प्रधानमन्त्रीको आग्रह

  •   २ वर्ष अघि | ११ कार्तिक २०८१, आइतवार

काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली संघ (एनआरएनए)लाई राजनीति भन्दा पर राख्न सुझाव दिएका छन्। एनआरएनए दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले राजनीतिक दलका आ–आफ्ना संगठन भए पनि संघभित्र राजनीति नगर्न आग्रह गरे।

प्रधानमन्त्री ओलीले भने, “राजनीतिक पार्टीका आफ्नै संगठनहरू हुन सक्छन्, तर यो संस्थाभित्र राजनीतिक तनाव उत्पन्न गराउन आवश्यक छैन।” उनले लामो समयदेखि एनआरएनएलाई राजनीतिक हस्तक्षेपबाट अलग राख्नुपर्नेमा जोड दिँदै, संघलाई विकासका काममा केन्द्रित रहन आग्रह गरे।

कार्यक्रममा प्रधानमन्त्रीले गैरआवासीय नेपालीको नागरिकता सम्बन्धी समस्या समाधान गर्न संविधानमा नै गैरआवासीय नागरिकताको व्यवस्था गरिएको र यसलाई अझै प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको बताए।

प्रधानमन्त्री ओलीले भने, “हामीलाई यसबाट न त कुनै लाभ लिनु छ न कुनै क्षति, तपाईंहरूले समस्या समाधानका लागि सुझाव दिनुस्, हामी सोहीअनुसार कार्य गर्नेछौं।” साथै, उनले मुलुकको विकासका लागि सबैलाई एकजुट भएर अघि बढ्न आह्वान गरेका छन्।


  • Jigyasa media

थप