Breaking News
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

भोलिदेखि निर्वाचन आचारसंहिता लागू:( तपाईंलाई आचारसंहिता लाग्छ ? लाग्दैन .!) हेर्नुहोस्

४४ पदमा उपनिर्वाचन

  •   २ वर्ष अघि | १ मंसिर २०८१, शनिबार

काठमाडौं – आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबारदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ। निर्वाचन आयोगको बैठकले उपनिर्वाचन हुने जिल्लामा सार्वजनिक पदधारण गरेका व्यक्ति तथा निकायलाई निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू गर्ने निर्णय गरेको छ।

प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार आचारसंहिता नेपाल सरकारका मन्त्रीदेखि स्थानीय निकायका पदाधिकारी र कर्मचारीसम्म लागू हुनेछ। यसमा राजनीतिक दल, उम्मेदवार, पर्यवेक्षक, सञ्चारकर्मी, गैरसरकारी संस्था तथा अन्य सम्बन्धित निकायले पनि पालना गर्नुपर्नेछ।

आचारसंहिताको दायरा

आयोगका अनुसार सरकारी, अर्धसरकारी र सार्वजनिक संस्थासँग सम्बन्धित सबै निकाय, शिक्षक, निजी बैंक, व्यापारिक संघसंस्था, सहकारी र परियोजनाका कर्मचारीमाथि पनि आचारसंहिता लागू हुनेछ। आचारसंहिताले निषेध गरेका कुनै कार्य गर्नुपरेमा आयोगलाई पूर्वजानकारी दिनुपर्नेछ।

उल्लङ्घनमा उजुरीको आग्रह

आयोगले आचारसंहिता विपरीतका क्रियाकलाप भएमा मौखिक, लिखित, सामाजिक सञ्जाल वा विद्युतीय माध्यममार्फत उजुरी दिन सकिने जनाएको छ। आयोगले स्वच्छ, निष्पक्ष र विश्वासिलो निर्वाचन सुनिश्चित गर्न सबै पक्षलाई आचारसंहिताको पालना गर्न आग्रह गरेको छ।

मनोनयन दर्ता भोलि आइतबार 

उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन पत्र आइतबार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहको निर्वाचन अधिकृतको कार्यालयमा दर्ता गर्न सकिनेछ।

उपनिर्वाचनका रिक्त पदहरू

विभिन्न कारणले रिक्त ४४ पदमा उपनिर्वाचन हुनेछ। यसमा जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिकाका प्रमुख र उपप्रमुख एक-एक तथा वडाध्यक्ष ३४ पद समावेश छन्।

निर्वाचन आयोगले आचारसंहिता पालनामा कडाइ गर्ने र उल्लङ्घन भएमा तत्काल कारबाही प्रक्रिया अघि बढाइने जानकारी दिएको छ।


  • Jigyasa media

थप