काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज संविधान संशोधनको विषयमा छलफल गर्ने भएको छ। मुख्य ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधन गर्ने सहमति गरेपछि जसपाले पनि संविधान संशोधनको सवालमा अन्तर्क्रिया गर्न लागेको हो।
जसपा नेपालका नेता पूर्ण बस्नेतले जानकारी दिए अनुसार, आज पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा दिउँसो १ बजेबाट अन्तरक्रिया कार्यक्रम गर्न लागिएको छ।
उनकाअनुसार, अन्तर्क्रिया कार्यक्रममा पार्टीका अध्यक्ष उपेन्द्र यादव, पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य एवम् मधेस प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत लगायतका वक्ता रहने छन्।
जनता समाजवादी पार्टी, नेपाल मधेस प्रदेश सम्पर्क समितिको आयोजनामा कार्यक्रम हुन लागेको हो।
- Jigyasa media