Breaking News
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

गणतन्त्रको सहमति हामी तीनजनाको प्रयासले भएको हो, प्रचण्ड पछि मात्रै जोडिएका थिए : माधव नेपाल

  •   १ वर्ष अघि | २४ चैत्र २०८१, आइतवार

काठमाडौं, चैत २४ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालको गणतन्त्र स्थापना पछाडि प्रारम्भिक सहमतिको जग आफू, तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र राजा ज्ञानेन्द्रको संयुक्त भूमिकाबाट तय भएको दाबी गरेका छन्।

नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) बागमती प्रदेशको प्रशिक्षण कार्यक्रममा आइतबार बोल्दै नेपालले तत्कालीन राजा ज्ञानेन्द्र स्वयंले सत्ताबाट पछि हट्ने निर्णय गरेका थिए भन्ने खुलासा गरे।

“गणतन्त्रको मार्गचित्र गिरिजाबाबु, म र ज्ञानेन्द्र मिलेर बनाएका हौं,” नेपालले भने, “माओवादी नेतृत्व पछि मात्रै त्यो प्रक्रियामा सामेल भएको हो, हामीले धेरै अघिदेखि तयारी गरिसकेका थियौं।”

उनका अनुसार तत्कालीन एमालेले साउन/भदौमै गणतन्त्रको पक्षमा निर्णय लिइसकेको थियो। “२०६३ वैशाख ११ गते म, गिरिजाबाबु र राजाको प्रतिनिधिहरूबीच सहमति भयो,” उनले सम्झिए, “त्यो दिन राजाले सम्पूर्ण अधिकार जनतालाई हस्तान्तरण गर्ने कागजातमा सहमति जनाउनु भएको थियो।”

पूर्वराजा फर्किन खोजेको भन्ने चर्चा झुटो भएको समेत अध्यक्ष नेपालले उल्लेख गरे। “पूर्वराजाका सचिवले नै भन्नुभयो, ‘उहाँ फर्कन चाहनुहुन्न।’ त्यसैले अफवाहमा नअल्झिनुहोस,” उनले स्पष्ट पारे।

अध्यक्ष नेपालको भनाइ अनुसार जनयुद्धको नेतृत्व लिएका माओवादीहरू पछि मात्रै राजनीतिक मूलधारमा प्रवेश गरेका हुन्। गणतन्त्र स्थापनाको औपचारिक ढोका भने गिरिजा, ज्ञानेन्द्र र माधव नेपालबीचको गुप्त सहमतिबाट खुलेको हो भन्ने उनले जोड दिए।


  • Jigyasa media

थप