Breaking News
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

नेकपा एमाले खानीखोला ५ नम्बर वडा कमिटीको तेस्रो अधिवेशन सम्पन्न

  •   १ वर्ष अघि | १० चैत्र २०८१, आइतवार

चैत ९, २०८१ – खानीखोला ।

नेकपा एमाले खानीखोला ५ नम्बर वडा कमिटीले तेस्रो वडा अधिवेशन आज, चैत ९ गते. फणीन्द्र बहादुर तिमल्सिनाको संयोजकत्वमा सम्पन्न गरेको छ।

कार्यक्रमको प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सल्लाहकार सदस्य एवं संविधान सभा सदस्य  रामहरि सुवेदि हुनुहुन्थ्यो भने, विशिष्ट अथिति वाग्मती प्रदेश कमिटी सदस्य एवं खानीखोला पालिका कमिटी इन्चार्ज. शेखर लामा र जिल्ला सल्लाहकार कमिटी सदस्य एवं पूर्व खानीखोला गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खुलालले उपस्थित भएर सम्बोधन गर्नुभएको थियो।


कार्यक्रममा अन्य प्रमुख उपस्थितिहरूमा जिल्ला कमिटी सदस्य एवं ६ नम्बर वडा इन्चार्ज चन्द्रमान थोकर, जिल्ला कमिटी सदस्य एवं ५ नम्बर वडा इन्चार्ज डम्बर बहादुर तिमल्सिना, नेकपा एमाले खानीखोला गाउँ पालिका कमिटी कार्यवाहक अध्यक्ष जय बहादुर लुङ्गेली, खानीखोला पालिका कमिटी सचिव. मान बहादुर गोले रहेका थिए।


यस अवसरमा नेपाली कांग्रेस खानीखोला कार्य समिति उपाध्यक्ष टिका बहादुर थिङ, अविरल, खानीखोला गाउँ पालिका उपाध्यक्ष दोर्जेमान जिम्बा लगायत अन्य दलका प्रतिनिधिहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रमले नेकपा एमालेको सांगठनिक मजबूती र आगामी राजनीतिक योजनामा प्रभाव पार्ने दृष्टिकोणलाई परिभाषित गर्न महत्वपूर्ण भूमिका खेलेको बताइन्छ।


  • Jigyasa media

थप