Breaking News
वर्षाले त्रिवि क्रिकेट मैदान जलमग्न, एनपीएलको पहिलो खेल रद्द    ||     अर्नबको प्रभाव कमजोर हुँदै, अझै केही प्रदेशमा भारी वर्षा; दिउँसोपछि मौसममा सुधारको संकेत    ||     कृषिमा युवा आकर्षण बढ्दै: नेपालगञ्जमा तीन युवाले थाले व्यावसायिक सयपत्री फूल खेती    ||     भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||    

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, आयोगले जारी गर्यो विस्तृत कार्यतालिका

  •   ११ महिना अघि | १९ मंसिर २०८२, शुक्रबार

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा निर्वाचन आयोगले तयारीलाई तीव्र गति दिएको छ। निर्वाचन अब केवल ८९ दिन मात्र बाँकी रहँदा आयोगदेखि राजनीतिक दलसम्म आन्तरिक समायोजन र रणनीति निर्माणमा सक्रिय छन्।

आयोगले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको कार्यक्रम यही मंसिर २१ गते शनिबारदेखि सुरु गर्ने निर्णय गरेको छ। उक्त कार्यक्रमअनुसार राजनीतिक दलहरूले बिहान १०:०० बजेदेखि साँझ ४:०० बजेसम्म आवेदन दिन सक्नेछन्।

समानुपातिकतर्फको प्रमुख समयसीमा

मंसिर २१: राजनीतिक दलद्वारा आवेदन दिने अन्तिम दिन

मंसिर २४: आवेदन गरेका दलहरूको सूची प्रकाशित

पुस १३–१४: समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्ने समय

माघ ३०: समानुपातिक उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार यी सबै चरणलाई कडाइका साथ समयमै सम्पन्न गरिनेछ।

प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रम

प्रत्यक्ष तर्फ पनि आयोगले विस्तृत तयारी सुरू गरिसकेको छ।

माघ ६: उम्मेदवार मनोनयन दर्ता तथा प्रारम्भिक सूची प्रकाशन

माघ ७: मनोनयनमाथि उजुरी दिने अन्तिम दिन

माघ ८: उम्मेदवारको नामावली प्रकाशन

माघ ९: नाम फिर्ता दिने समयसीमा, सोही दिन अन्तिम नामावली प्रकाशन र निर्वाचन चिह्न प्रदान

राजनीतिक माहोल चुनावमुखी बन्दै जाँदा दलहरू उमेदवार छानोट, गठबन्धन सम्भावना र संगठन समायोजनजस्ता प्रक्रियामा डुबिसकेका छन्।

फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनले देशको संघीय राजनीतिलाई फेरि एकपटक नयाँ दिशा दिने निश्चित देखिएको छ। आयोगका अनुसार अहिले तयारी, समन्वय र आवश्यक मापदण्ड कार्यान्वयनका सबै प्रक्रियामा तीव्रता ल्याइएको छ।

  • Jigyasanepal

थप