काठमाडौं – अखिल क्रान्तिकारी काठमाडौं विश्वविद्यालयले ४औं क्याम्पस समिति सम्मेलनमार्फत केन्द्रीय क्याम्पस समिति, स्कुल अफ साइन्स, र स्कुल अफ इन्जिनियरिङको नयाँ नेतृत्व चयन गरेको छ। भदौ २३ गते सम्पन्न यस सम्मेलनमा अखिल क्रान्तिकारी केन्द्रीय समिति उपाध्यक्ष लक्ष्मी प्रसाद जोशीको प्रमुख आतिथ्य र डा. अच्युत भट्ट तथा सञ्जय कलधनको विशेष उपस्थितिमा सम्मेलन सम्पन्न भएको थियो।

कम्पस समितिमा विशाल गौतम सर्वसम्मतिले अध्यक्षमा चयन भएका छन् भने अजय बस्नेत सचिव बनेका छन्। केन्द्रीय क्याम्पस समितिले २७ सदस्यीय कार्यसमिति गठन गरेको छ।
स्कुल अफ इन्जिनियरिङको अध्यक्षमा रितेश बाबू महात्मान यादव र स्कुल अफ साइन्सको अध्यक्षमा किरण कार्की सर्वसम्मतिले चयन भएका छन्।

अखिल क्रान्तिकारी केयूका विद्यार्थीहरूका विभिन्न समस्याहरू समाधान गर्न निरन्तर संघर्ष गर्दै आएको एक प्रभावशाली संगठनका रूपमा परिचित छ।
नव गठित समितिका पदाधिकारीहरूमा
केन्द्रीय क्याम्पस समिति:
अध्यक्ष: विशाल गौतम
सचिव: अजय बस्नेत
उपाध्यक्षहरू: निश्चल श्रेष्ठ, एमडी असिफ, लक्ष्मण शर्मा
सह सचिवहरू: अब्बल छट्कुली, उज्ज्वल पराजुली, रवि महत्व
कोषाध्यक्ष: अवनिस थापा
स्कुल अफ इन्जिनियरिङ:
अध्यक्ष: रितेश बाबू महात्मान यादव
उपाध्यक्षहरू: शुगम बराल, कृष्ण कमल शाह
सचिव: प्रशान्त पौडेल
सह सचिवहरू: अविनाश महाशेठ, रोशन मण्डल
कोषाध्यक्ष: सबुत तिमिल्सिना
स्कुल अफ साइन्स:
अध्यक्ष: किरण कार्की
उपाध्यक्षहरू: गौरव चौधरी, मुकेश राज बंशी
सचिव: ललित देउवा
सह सचिवहरू: बोध राज काफ्ले, आशिष शाह र
कोषाध्यक्ष: गौतम चौधरी छन् ।

यस नयाँ नेतृत्वले विद्यार्थीका समस्याहरू समाधान गर्दै संगठनलाई अझ सशक्त र प्रभावकारी बनाउने विश्वास गरिएको छ।
- Jigyasa media