काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट बबहुमतले विश्वासको मत पाएका छन् ।
संघीय संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले गठबन्धन गरेपछि गत असार ३० गते राष्ट्रपति रामचन्द्र पौडेलले चौथो पटक नयाँ प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले आइतबार विश्वासको मत लिएका हुन् ।
नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले यसअघि नेकपा मओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढालेर कांग्रेससँग गठबन्धन गरेका हुन् ।
ओली अहिले चौथो पटक प्रधानमन्त्री बनेका हुन् । उनी यसअघि तीन पटक प्रधानमन्त्री भइसकेका थिए । आइतबार प्रधानमन्त्री ओलीले आफ्नो प्रस्तावको पक्षमा १८८ मत पाए भने विपक्षमा ७४ तथा मत दिन्न भन्नेमा जम्मा १ मत परेको छ ।
- Jigyasa media