Breaking News
देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

नारायणगढ–मुग्लिन सडक दुर्घटनामा ५ जनाको मृत्यु, ५ जना घाइते

अपडेट

  •   २ वर्ष अघि | २३ कार्तिक २०८१, शुक्रबार

चितवन, २०८१ कार्तिक २३ – आज बिहान नारायणगढ–मुग्लिन सडक खण्डको सत्र किलोमा भएको भीषण दुर्घटनामा पाँच जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार बिहान ३ः०० बजे मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको माइक्रोबस र विपरीत दिशाबाट गइरहेको बस एकापसमा ठोक्किएको थियो। दुर्घटनामा गोरखा आरुघाट गाउँपालिका–१ का ४२ वर्षीय राजबहादुर गुरुङ, माइक्रोबसका चालक, एक ४० वर्षीया महिला, ३२ वर्षीय पुरुष र ३५ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको छ।

अन्य पाँच घाइतेमध्ये दुई जनाको भरतपुर अस्पतालमा र तीन जनाको चितवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ।


  • Jigyasa media

थप