Breaking News
पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||    

भाइटीकाको शुभ साइत कात्तिक १८ गते बिहान ११:३७ बजे

  •   २ वर्ष अघि | १२ कार्तिक २०८१, सोमवार

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ। समितिका अनुसार कात्तिक १८ गते आइतबार बिहान ११:३७ बजे भाइटीकाको शुभ साइत रहेको छ। समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले आजको बैठकबाट यो निर्णय भएको जानकारी दिए। भाइटीका लगाउँदा पश्चिम मोहडा गर्नु उपयुक्त हुने पनि समितिले सिफारिस गरेको छ।

त्यसै दिन नेवार समुदायले मनाउने किजापूजा पनि गरिनुपर्ने जनाइएको छ। यस वर्षको तिहार पर्व, जसलाई यमपञ्चक पनि भनिन्छ, कात्तिक १३ गते मंगलबारदेखि सुरु हुँदैछ।

मंगलबारको दिन धनत्रयोदशी (धनतेरस) मनाइनेछ भने यमदीपदान कात्तिक १४ गते बुधबार पर्नेछ। सोही दिन कागतिहार तथा आयुर्वेदका प्रवर्तक धन्वन्तरी जयन्ती पनि मनाइनेछ।

कात्तिक १५ गते बिहीबार कुकुर तिहार, नरक चतुर्दशी, दीपमालिका, र लक्ष्मीपूजा मनाइनेछ भने कात्तिक १६ गते शुक्रबार औँसी परेको छ, जुन दिन तिहारको कुनै विशेष पर्व नपरेको समितिले जनाएको छ।

यसैगरी, कात्तिक १७ गते शनिबार गाईगोरु पूजा, गोवर्द्धन पूजा, बलि पूजा, हलीतिहार, म्हपूजा, र नेपाल संवत् ११४५ प्रारम्भ हुनेछन्। त्यसैगरी, कात्तिक २२ गते बिहीबार छठ पर्व मनाइने जानकारी पनि समितिले दिएको छ।


  • Jigyasa media

थप