रौतहट ।
रौतहटको देवाही गोनाही नगरपालिका-६ स्थित दुर्गा मेला क्षेत्रबाट एक व्यक्ति पेस्तोलसहित पक्राउ परेका छन्। शुक्रबार राति ५६ वर्षीय भोला राय यादवलाई इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार यादवसँग मेड इन यूएसए लेखिएको पेस्तोल १ थान, ४ राउण्ड गोली, म्यागजिन १ थान र सर्ट गनको २ राउण्ड गोली फेला परेको छ। यस घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
- Jigyasa media