Breaking News
च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||    

लमजुङमा जीप दुर्घटना: १९ जना घाइते, ४ जनाको अवस्था गम्भीर

  •   २ वर्ष अघि | २७ असोज २०८१, आइतवार

लमजुङ । आइतबार बिहान सारिङबाट बेसीसहरतर्फ गइरहेको एक जीप मकैडाँडामा दुर्घटनाग्रस्त हुँदा १९ जना घाइते भएका छन्। लमजुङ प्रहरीका अनुसार, दुर्घटना बिहान करिब ११:३० बजे भएको हो।

घाइतेमध्ये ४ जनालाई गम्भीर चोटका कारण भरतपुर मेडिकल कलेजमा रिफर गरिएको छ, जहाँ उनीहरूको टाउकोमा गम्भीर चोट लागेको जनाइएको छ। बाँकी १५ जना घाइतेलाई लमजुङ अस्पतालमा प्रारम्भिक उपचारपछि डिस्चार्ज गरिएको छ।

दुर्घटनाको कारण हाल अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।


  • Jigyasanepal

थप