नयाँ दिल्ली, ६ कात्तिक - भारतीय विदेशमन्त्री सुब्रमण्यम जयशंकरले हालै एक सम्बोधनमा सन् २०३० सम्म भारतले विश्वको तेस्रो ठूलो अर्थतन्त्रको स्थान हासिल गर्ने सम्भावना रहेको बताएका छन्। उनले गोल्डम्यान स्याक्सको अध्ययनको हवाला दिँदै भने, "सन् २०७५ सम्ममा भारतको अर्थतन्त्र ५२५ खर्ब अमेरिकी डलर पुग्नेछ।"
भारतले एक दशकअघिको दशौँ स्थानबाट पाँचौँ स्थानसम्मको फड्को मारेको भन्दै, जयशंकरले आगामी दशकको अन्त्यसम्म तेस्रो स्थानमा उक्लिने प्रक्षेपण रहेको जनाए। "भारतले आफ्नो सीप र प्रतिभा विश्वव्यापी रूपमा स्थापित गरिरहेको छ। युरोप र उत्तर अमेरिकामा भारतीय प्रतिभाको सहज माग बढिरहेको छ," उनले थपे।
जयशंकरले प्रविधि, एआई, र सेमीकन्डक्टर क्षेत्रमा भारतको बढ्दो महत्त्व र योगदानलाई विशेष रूपमा प्रकाश पारेका थिए। उनको भनाइ अनुसार, यी क्षेत्रहरूमा भारतीय सीपको प्रभाव विश्वभर उल्लेखनीय बन्दै गइरहेको छ।
- RSS