Breaking News
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

काभ्रेली स्रष्टा प्रदीप सापकोटा सम्मानित

  •   ५ महिना अघि | १९ बैशाख २०८३, शनिबार

काठमाडौँ। यसवर्षको ‘बी डी त्यागी प्रतिभा सम्मान’ द्धारा साहित्यकार तथा सञ्चारकर्मी प्रदीप सापकोटा सम्मानित भएका छन् । 

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा उनलाई उक्त सम्मान प्रदान गरिएको हो ।

उनलाई केन्द्रकी संरक्षक गौरी आचार्य,अग्रज साहित्यकार बेदमणी घिमिरे ,उपन्यास समाजका अध्यक्ष एवं लगायतले सम्मान समर्पण गरे ।

पनौती,काभ्रेका स्रष्टा सापकोटाका 'यात्राका इन्द्रेणी रंग','यात्राको लय' ,'मनको वारपार' कृति प्रकाशित छन् । फुटकर रुपमा साहित्यका प्रायःविधामा कलम चलाउने सुनकोशी वाङ्मय प्रतिष्ठानका महासचिव सापकोटाका निबन्ध,नियात्रा,समीक्षा,कविता,मुक्तक,लघुकथा फुटकर रुपमा थुप्रै प्रकाशित भैसकेका छन् । 

जीवनभर लेखन कार्यमा लागे पनि प्रकाश र चर्चामा आउन नचाहने साहित्यकार बी डी त्यागीको नाममा स्थापित उक्त सम्मान उनको स्मृति दिवसको अवसरमा बी डी त्यागी स्मृति केन्द्रले समर्पण गरेको हो ।

  • hfgh

थप