Breaking News
एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||    

मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ प्रकाशित

  •   २ महिना अघि | १५ भदौ २०८३, सोमवार

  काठमाडौँ । कवि मधु पाठकको नविनतम् कविताकृति ‘अग्नि-आलाप’ प्रकाशित भएको छ ।

नेपाल स्रष्टा समाजद्धारा प्रकाशित उक्त कवितासङ्ग्रहभित्र विषयगत विविधाका ३५ थान कविता समावेश भएका छन् ।

लामो समयसम्म रेडियो साहित्यिक पत्रकारको रुपमा समेत क्रियाशिल पाठकको कविताको कथ्यमा विविधता भएका कविताहरुमा साङ्केतिक रुपमा आशावादी जीवनदृष्टि प्रस्तुत भएका छन् । स्वभाविक बिम्बको प्रयोगले ती कविताहरुका भाव सबल भएको पाइन्छ ।

प्रा.डा.लक्ष्मणप्रसाद गौतमका अनुसार, ‘संवेदनामा प्रेम,मातृत्व,करुणा,अनुभूति र हार्दिक पक्षको गहिरो अभिव्यक्ति पाइन्छ भने वर्तमान युगजीवनका यथार्थ,देशले भोग्नुपरेका विडम्बना र देश दुखेका बिम्ब,मान्छेमा हराउँदै जान थालेको संवेदना र मानवता,जनताले भोग्नुपरेका त्रासद परिस्थिति आदि पनि यी कविताका विषय बनेका छन् । आफ्ना अन्तर्हृदय र अन्तरचेतनाका आवाजलाई निश्छल रुपमा अभिव्यक्त गर्नु यस सङ्ग्रहका कविको विशेषता हो ।’

मधुका कविताप्रति श्रीओम श्रेष्ठ ‘रोदन’ भन्छन्,’प्रत्येक कविताले एउटा कथालाई काव्यात्मक रुपमा पस्कने कविको कला प्रशंसनीय छ ।’

समय संवेदनालाई मिहिन ढङ्गले बुझेर सिर्जित पाठकका कविताहरुमा विविध प्रसङ्ग सम्बोधन भएको कवि ऋषभदेव घिमिरेले बताएका छन् ।


‘अग्नि -आलाप’ कृतिको मूल्य रु.२५०। रहेको छ ।

  • Jigyasanepal

थप