Breaking News
सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||    

तारा सुवेदीको ‘अनभूतिका महक’ लोकार्पित

  •   २ महिना अघि | १७ साउन २०८३, आइतवार

काठमाडौँ। कवि तारा सुवेदीको कवितासङ्ग्रह ‘अनुभूतिका महक’को लोकार्पण भएको छ ।

राजधानीमा आइतबार नेपाल स्रष्टा समाजको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा शैलेन्द्र साकार,श्रीओम श्रेष्ठ ‘रोदन’,प्रा.डा.कृष्णप्रसाद दाहाल,प्रा.डा.लक्ष्मणप्रसाद गौतम,पवन आलोक,कवि सुवेदी लगायतले उक्त कवितासङ्ग्रह लोकार्पण गरे ।

कार्यक्रममा प्रमुख अतिथि अग्रज कवि एवं साहित्यकार शैलेन्द्र साकारले नेपाल स्रष्टा समाजमा रहँदाका पुराना दिनहरु स्मरण गर्दै सुवेदीलाई मिलनसार,सक्रिय र लगनशील व्यक्तित्वको रुपमा आफुले पाएको बताए ।

लोकार्पित पुस्तकमाथि प्रा.डा.कृष्णप्रसाद दाहालले चर्चा गर्दै क्षमता राख्ने कविको रुपमा सुवेदीलाई पाएको बताए । उनले करिब डेढ दशकदेखि कवितामा सक्रिय सुवेदीको कृति पहिलो जस्तो नलाग्ने भन्दै कविताले पाठकको मन जित्ने धारणा राखे ।

कार्यक्रममा अग्रज कथाकार भागिरथी श्रेष्ठ,प्रा.डा. लक्ष्मणप्रसाद गौतम,पवन आलोक, विवश पोखरेल,साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली,विधान आचार्य,चन्द्रप्रसाद भट्टराई लगायतले शुभकामना मन्तव्य राखे ।

कवि सुवेदीले आफ्ना अनुभूतिहरु सार्वजनिक गरिन ।

उक्त कार्यक्रममा लोकार्पित कृतिका कविताहरु विधान आचार्य,राधेश्याम लेकाली,मणि लोहनी,प्रकाश घायल,रञ्जना निरौला र खुशी अधिकारीले बाचन गरे ।

श्रीओम श्रेष्ठ ‘रोदन’को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सहजीकरण प्रदीप सापकोटाले  गरे ।

डा.शान्तिमाया गिरीले स्वागत मन्तव्य राखिन ।

  • Jigyasanepal

थप