Breaking News
विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||    

विराटनगरमा ट्रक र मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु

  •   २ वर्ष अघि | ३१ भदौ २०८१, सोमवार

विराटनगर, भदौ ३१: विराटनगरको सडकमा पार्किङ गरिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा आइतबार राति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। विराटनगर महानगरपालिका-१४ हनुमान मन्दिर नजिक कोशी राजमार्गमा भएको यो दुर्घटनामा मोटरसाइकलको पछाडि सवार २५ वर्षीय कृष्ण मण्डलले ज्यान गुमाएका छन्।

ट्राफिक प्रमुख राजन लम्सालका अनुसार, यूपी ३ पी २८९१ नम्बरको ट्रक सडकको छेउमा पार्क गरिएको थियो। राति करिब १०:३० बजे, प्रदेश १–०२–०४४ प ८०८५ नम्बरको मोटरसाइकल ट्रकमा ठोक्किएको थियो, जसले गम्भीर दुर्घटना निम्त्यायो।

मोटरसाइकल चालक १८ वर्षीय राजीव मण्डल गम्भीर घाइते भएका छन् र उनको विराट नर्सिङ होममा उपचार भइरहेको छ। कृष्णको उपचारको क्रममा सोमबार बिहान १ बजे मृत्यु भएको छ।

दुर्घटनापछि ट्रक चालक मक्सुद आलम घटनास्थलबाट भागेका थिए, तर प्रहरीले उनलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको छ। प्रारम्भिक अनुसन्धानमा मोटरसाइकलको तीव्र गति दुर्घटनाको मुख्य कारण भएको पत्ता लागेको छ।


  • Jigyasa media

थप