Breaking News
विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||    

विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !

  •   १ घण्टा अघि | १४ साउन २०८३, बिहिबार

प्रिय पाठक, शुभेच्छुक, संवाददाता, लेखक, विज्ञापनदाता तथा सम्पूर्ण जिज्ञासा नेपाल परिवार,

आज जिज्ञासा नेपाल (JigyasaNepal.com) आफ्नो दोश्रो बर्ष पुरा गरि तेस्रो वर्षमा प्रवेश गरेको सुखद अवसरमा यहाँसम्म आइपुग्न सम्भव बनाइदिने सम्पूर्ण पाठक, स्रोत, सहयात्री, शुभेच्छुक तथा आलोचकहरूप्रति हार्दिक आभार र कृतज्ञता व्यक्त गर्दछौँ।

हाम्रो शुरुवाती पाइला बाट  नै "उत्तरदायी सन्चार हाम्रो प्रतिबद्धता" को कुरा लाई प्रत्यक शब्दका पाइला पाइलामा ख्याल राख्दै अगाडी बढीनै रहयौ । सञ्चारको संसार अहिले तीव्र गतिमा बदलिएको छ। सूचना केही सेकेन्डमै विश्वभर फैलिन्छ, तर सत्य र अफवाहबीचको दूरी भने अझै पनि धेरै लामो छ। यही चुनौतीका बीच हामीले पहिलो दिनदेखि नै विश्वसनीय, तथ्यमा आधारित (Fact Check), सन्तुलित र उत्तरदायी पत्रकारिता गर्ने लक्ष्यलाई आफ्नो मूल धर्म मानेको छौँ ।

आज देश अनेकौँ सामाजिक, राजनीतिक, आर्थिक र सांस्कृतिक चुनौतीहरूको सामना गरिरहेको छ। यस्ता संवेदनशील परिस्थितिमा सञ्चारमाध्यमको एउटा शब्दले समाजलाई जोड्न पनि सक्छ, विभाजन गर्न पनि सक्छ। त्यसैले पत्रकारिता सिर्फ समाचार सम्प्रेषण गर्ने माध्यम होइन, लोकतन्त्र, सामाजिक सद्भाव र नागरिक चेतनाको जिम्मेवार संस्था पनि हो भन्ने विश्वास हामीले कहिल्यै बिर्सेका छैनौँ।

हामीले विगतका दुई वर्षमा धेरै कुरा सिक्यौँ। सफलता मात्र होइन, आलोचना, सुझाव र अनुभवबाट समेत परिपक्व बन्ने अवसर पायौँ। ती हरेक सिकाइले हामीलाई अझ जिम्मेवार, अझ निष्पक्ष र अझ व्यावसायिक बन्न प्रेरित गरेको छ। अबको यात्रामा ती अनुभवलाई आत्मसात् गर्दै अझ गुणस्तरीय पत्रकारिता गर्ने हाम्रो दृढ संकल्प छ।

हामी भीडको पछि होइन, एक्लो भए पनि सत्यको पक्षमा उभिनेछौँ।

हामीले हाम्रो सन्चार नीति प्रष्ट पारेका छौँ हाम्रो पत्रकारिताको धर्म मर्म लाई बढी जिम्मेवार जवाफदेही बनाउने बन्ने प्रयत्न गरेका छौँ  । देशले बोकेको संविधानले बोकेको सबै प्रेस सम्बद्व आचारसंहिता नीति पालना गर्नु हाम्रो थप बिश्वसनिय बाटो हो ।

सनसनी, भ्रम, अपुष्ट सूचना वा सामाजिक सद्भावमा असर पार्ने सामग्रीभन्दा माथि उठेर प्रमाण, तथ्य र जिम्मेवारीलाई प्राथमिकता दिनेछौँ। कुनै पनि सूचना प्रकाशन गर्नुअघि तथ्य परीक्षण (Fact Check) गर्ने, सबै पक्षको धारणा समेट्ने र पत्रकारिताको आचारसंहितालाई अक्षरशः पालना गर्ने प्रतिबद्धता पुनः व्यक्त गर्दछौँ।

पछिल्ला दिनहरूमा समाजमा देखिएका संवेदनशील घटनाले फेरि एकपटक पत्रकारिताको जिम्मेवारी झन् बढेको सन्देश दिएका छन्। हाम्रो भावी भबिस्य पनि यहि हो पत्रकारिताको मूल धर्म सत्य, सन्तुलन, संवेदनशीलता र सामाजिक उत्तरदायित्व नै हो। हामी यही मार्गलाई आफ्नो स्थायी सिद्धान्तका रूपमा अंगाल्दै अघि बढ्नेछौँ।

जिज्ञासा नेपाल तपाईंका जिज्ञासालाई गाउँदेखि शहर, हिमालदेखि तराई र देशदेखि विदेशसम्म पुगेर मेटाउने प्रयासमा निरन्तर रहनेछ। समाचार मात्र होइन, ज्ञान, विचार, विश्लेषण, अनुसन्धान र सकारात्मक परिवर्तनका आवाजलाई पनि समान प्राथमिकता दिने हाम्रो प्रतिबद्धता छ।

हामीलाई प्राप्त हुने समाचार, लेख, विचार, सिर्जना, सूचना, विज्ञापन र सुझावलाई सदैव उचित सम्मान र मूल्याङ्कन गर्नेछौँ। तपाईंहरूको विश्वास नै हाम्रो सबैभन्दा ठूलो सम्पत्ति हो, र यही विश्वासलाई जोगाइराख्नु हाम्रो पहिलो जिम्मेवारी हुनेछ।

तेस्रो वर्षको यो नयाँ यात्रामा पनि तपाईंहरूको निरन्तर साथ, विश्वास, सुझाव र रचनात्मक आलोचनाले हामीलाई अझ सशक्त, परिपक्व र उत्तरदायी बनाइरहने विश्वास लिएका छौँ।

सत्यसँग सम्झौता नगर्ने, समाजप्रति उत्तरदायी रहने र विश्वासलाई निरन्तर मजबुत बनाउने हाम्रो यात्रा अविराम रहनेछ।

भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती, अधिकारको दुरुपयोग तथा कानुनविपरीत हुने कुनै पनि गतिविधिप्रति जिज्ञासा नेपालको कहिल्यै सम्झौता हुने छैन।

सार्वजनिक सरोकारसँग जोडिएका यस्ता विषयहरूलाई प्रमाण, तथ्य र निष्पक्ष अनुसन्धानका आधारमा उजागर गर्नु हाम्रो दायित्व हो। समाचारको स्रोतको गोपनीयता र सुरक्षालाई पूर्ण सम्मान गर्दै प्राप्त सूचनाको तथ्य–पुष्टि (Fact Check), पुनःपुष्टि र आवश्यक प्रमाण संकलनपछि मात्र समाचार सार्वजनिक गर्ने हाम्रो अटल नीति रहनेछ।

सम्बन्धित निकायलाई समयमै जवाफदेही, पारदर्शी र उत्तरदायी बनाउन खबरदारी गर्नु, नागरिकको आवाजलाई जिम्मेवारीपूर्वक उठाउनु र सत्यको पक्षमा दृढतापूर्वक उभिनु नै हाम्रो पत्रकारिताको मूल उद्देश्य हो।

नैतिक मूल्य, सदाचार, निष्पक्षता र व्यावसायिक आचारसंहितालाई हामी कुनै पनि परिस्थिति, दबाब, प्रभाव वा प्रलोभनका कारण डगमगाउन दिने छैनौँ।

जिज्ञासा नेपालको प्रतिबद्धता स्पष्ट छ— सत्यसँग सम्झौता हुँदैन, तथ्यमा विश्वास हुन्छ, र जनविश्वास नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो।

दोश्रो बर्ष पूरा गरि तेस्रो वर्षमा प्रवेशको यस ऐतिहासिक अवसरमा सम्पूर्ण पाठक, संवाददाता, लेखक, स्तम्भकार, फोटो पत्रकार, विज्ञापनदाता, शुभेच्छुक तथा जिज्ञासा नेपाल परिवारप्रति हार्दिक आभार व्यक्त गर्दछौँ।

तपाईंहरूको विश्वास नै हाम्रो शक्ति हो। तपाईंहरूको साथ नै हाम्रो प्रेरणा हो। र सत्यप्रतिको हाम्रो प्रतिबद्धता नै हाम्रो परिचय हुनेछ।

जिज्ञासा नेपाल (JigyasaNepal.com)

  • Jigyasanepal

थप