Breaking News
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

वरिष्ठ कलाकार सुनिल थापाको निधन, नेपाली चलचित्रले ‘राते काँइला’ गुमायो

  •   ७ महिना अघि | २४ माघ २०८२, शनिबार

काठमाण्डौ । चलचित्र क्षेत्रमा ‘राते काँइला’ नामले चिनिएका वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ। शनिबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उनको देहावसान भएको हो।

स्वास्थ्यमा अचानक समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका थापाको उपचारकै क्रममा निधन भएको अस्पताल स्रोतले जनाएको छ। लामो समयदेखि नेपाली तथा भारतीय चलचित्र उद्योगमा सक्रिय रहेका थापा नेपाली चलचित्रमा विशेषतः खलनायक (नेगेटिभ) भूमिकाका लागि अत्यन्तै लोकप्रिय थिए। उनको अभिनय शैली, संवाद प्रस्तुति र सशक्त व्यक्तित्वले दर्शकको मनमा गहिरो छाप छोडेको थियो।

परिवारका अन्य सदस्य भारतको मुम्बईमा बस्दै आए पनि थापा भने काठमाडौँको शंखमूलस्थित अपार्टमेन्टमा एक्लै बस्दै आएका थिए। उनको निधनको खबरसँगै नेपाली कला–संस्कृति क्षेत्र शोकमा डुबेको छ।

थापाको निधनप्रति कलाकार, साहित्यकार र शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत गहिरो दुःख व्यक्त गरिरहेका छन्। कलाकार **केदार घिमिरे (माग्नेबुढा)**ले सामाजिक सञ्जालमा लेखेका छन्,

“वरिष्ठ कलाकार सुनिल थापा दाइको अप्रत्याशित निधनको खबरले स्तब्ध बनाएको छ। नेपाली चलचित्र उद्योगले आज अर्को एक महान् व्यक्तित्व र बलियो धरोहर गुमाएको छ। कला क्षेत्रमा उहाँले पुर्‍याउनुभएको योगदान सधैँ स्मरणीय रहनेछ। भावपूर्ण श्रद्धाञ्जली दाइ, वैकुण्ठ वास होस्!”

दशकौँ लामो अभिनय यात्रामा थापाले दर्जनौँ स्मरणीय भूमिकामार्फत नेपाली चलचित्रको स्तर उकास्न महत्वपूर्ण योगदान दिएका थिए। उनको निधनसँगै नेपाली चलचित्रले एक अनुभवी, निडर र प्रभावशाली कलाकार गुमाएको छ।

नेपाली कला क्षेत्रले दिएको यो अपूरणीय क्षतिप्रति समग्र चलचित्र परिवार शोकाकुल बनेको छ।

  • Jigyasanepal

थप