Breaking News
भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||    

कालीमाटीमा गोलभेँडा र काउली महँगियो, आलु, करेला, फर्सी र भन्टाको मूल्य घट्यो

आजको तरकारीको बजार मूल्य

  •   ९ महिना अघि | १९ माघ २०८२, सोमवार

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण सार्वजनिक गरेको छ। समितिका अनुसार आज कालीमाटी बजारमा गोलभेँडा र काउलीको मूल्य बढेको छ भने आलु, करेला, फर्सी र भन्टासहितका केही तरकारीको भाउ घटेको छ। केही तरकारी भने अघिल्ला दिनकै मूल्यमा किनबेच भइरहेको छ।

आजको मूल्यसूचीअनुसार कालीमाटीमा ठूलो भारतीय गोलभेँडा प्रतिकिलो ७५ रुपैयाँ पुगेको छ। सानो लोकल गोलभेँडा २७, टनेलको सानो गोलभेँडा ४५ रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको छ। स्थानीय काउलीको मूल्य बढेर प्रतिकिलो ५० रुपैयाँ कायम भएको छ।

त्यस्तै लाम्चो भन्टा ४७ र डल्ले भन्टा ५३ रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ।

भाउ घट्ने तरकारीतर्फ रातो आलु प्रतिकिलो २५, भारतीय रातो आलु २४ रुपैयाँमा झरेको छ। करेला १७०, डल्ले फर्सी २१, पाकेको फर्सी ४५ रुपैयाँ प्रतिकिलो कायम भएको छ।

अन्य तरकारी तथा फलफूलतर्फ लौका ६२, भिण्डी ११०, कन्य च्याउ ८५, डल्ले च्याउ ३४५ र सिताके च्याउ प्रतिकिलो ९०० रुपैयाँमा कारोबार भइरहेको समितिले जनाएको छ।

हिजोको तुलनामा ठूलो भारतीय गोलभेँडा, टनेलको सानो गोलभेँडा र स्थानीय काउलीको मूल्य बढेको छ भने करेला, फर्सी, आलु र भन्टाजस्ता तरकारीको मूल्यमा गिरावट आएको हो।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बजारमा आपूर्ति, मौसम र मागको आधारमा दैनिक रूपमा मूल्य निर्धारण गरिँदै आएको छ। समितिले उपभोक्तालाई दैनिक अद्यावधिक मूल्यसूचीको जानकारी लिएर मात्रै खरिद गर्न अनुरोध गरेको छ।

  • Jigyasanepal

थप