Breaking News
हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज ३५ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा पनि बहाव बढ्ने    ||     छ प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

कालीमाटीमा गोलभेँडा र काउली महँगियो, आलु, करेला, फर्सी र भन्टाको मूल्य घट्यो

आजको तरकारीको बजार मूल्य

  •   ७ महिना अघि | १९ माघ २०८२, सोमवार

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण सार्वजनिक गरेको छ। समितिका अनुसार आज कालीमाटी बजारमा गोलभेँडा र काउलीको मूल्य बढेको छ भने आलु, करेला, फर्सी र भन्टासहितका केही तरकारीको भाउ घटेको छ। केही तरकारी भने अघिल्ला दिनकै मूल्यमा किनबेच भइरहेको छ।

आजको मूल्यसूचीअनुसार कालीमाटीमा ठूलो भारतीय गोलभेँडा प्रतिकिलो ७५ रुपैयाँ पुगेको छ। सानो लोकल गोलभेँडा २७, टनेलको सानो गोलभेँडा ४५ रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको छ। स्थानीय काउलीको मूल्य बढेर प्रतिकिलो ५० रुपैयाँ कायम भएको छ।

त्यस्तै लाम्चो भन्टा ४७ र डल्ले भन्टा ५३ रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ।

भाउ घट्ने तरकारीतर्फ रातो आलु प्रतिकिलो २५, भारतीय रातो आलु २४ रुपैयाँमा झरेको छ। करेला १७०, डल्ले फर्सी २१, पाकेको फर्सी ४५ रुपैयाँ प्रतिकिलो कायम भएको छ।

अन्य तरकारी तथा फलफूलतर्फ लौका ६२, भिण्डी ११०, कन्य च्याउ ८५, डल्ले च्याउ ३४५ र सिताके च्याउ प्रतिकिलो ९०० रुपैयाँमा कारोबार भइरहेको समितिले जनाएको छ।

हिजोको तुलनामा ठूलो भारतीय गोलभेँडा, टनेलको सानो गोलभेँडा र स्थानीय काउलीको मूल्य बढेको छ भने करेला, फर्सी, आलु र भन्टाजस्ता तरकारीको मूल्यमा गिरावट आएको हो।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बजारमा आपूर्ति, मौसम र मागको आधारमा दैनिक रूपमा मूल्य निर्धारण गरिँदै आएको छ। समितिले उपभोक्तालाई दैनिक अद्यावधिक मूल्यसूचीको जानकारी लिएर मात्रै खरिद गर्न अनुरोध गरेको छ।

  • Jigyasanepal

थप