Breaking News
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

लोकप्रिय कथावाचक देवी प्रतिभाको गृहनगर मण्डनदेउपुरमा सम्मान

  •   २ वर्ष अघि | १३ साउन २०८१, आइतवार

काभ्रे । लोकप्रिय कथावाचक देवी प्रतिभालाई गृहनगर मण्डनदेउपुरमा सम्मान र अभिनन्दन गरिएको छ। 


आइतबार नगरप्रमुख टोकबहादुर वाइवा र उपप्रमुख विष्णुमणि नेपालले उनलाई नगरपालिकाको सभाहलमा स्वागत र सम्मान गरेका हुन्। सम्मान ग्रहण गर्दै देवी प्रतिभाले आफ्नो संस्कार र गृहनगरलाई कहिल्यै नभुल्ने बताइन्। 


नगरप्रमुख वाइवाले प्रतिभालाई नगर र देशकै गौरव बताउँदै उनको आगामी सफलताको कामना गरे। उपप्रमुख नेपालले पनि प्रतिभालाई राष्ट्रको गौरव भन्दै नगरपालिकाले यस्ता व्यक्तित्वहरूको कदर गर्ने बताए।

यसअघि शनिबार काभ्रे सेवा समाज र पनौती नगरपालिकाले पनि उनलाई स्वागत र सम्मान गरेका थिए। 

देवी प्रतिभा, जसले भारतको वृन्दावनमा अध्ययन गरेकी छिन्, हाल नेपालमा कोटीहोम महायज्ञका लागि आएकी हुन्। कार्यक्रमको अवसरमा उनलाई गृहनगरमा सम्मान गरिएको हो।

  • Jigyasa media

थप