Breaking News
एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||    

वाग्मतीका मुख्यमन्त्री बहादुरसिंह लामाद्वारा राजीनामाको घोषणा: ‘संविधानले नभने पनि सभापतिको आग्रहमा’

  •   १ वर्ष अघि | १८ साउन २०८२, आइतवार

हेटौंडा, साउन १८ – वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिने घोषणा गरेका छन्। आइतबार हेटौँडामा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टी सभापति शेरबहादुर देउवाको आग्रहलाई सम्मान गर्दै पदबाट हट्ने निर्णय सार्वजनिक गरेका हुन्।

मुख्यमन्त्री लामाले भने, “मैले संविधानतः राजीनामा गर्नुपर्ने कुनै कारण थिएन। म पाँच वर्षका लागि संसदीय दलको नेता निर्वाचित भएको थिएँ। दुई वर्षका लागि बनेको मुख्यमन्त्रीबाट अहिले नै राजीनामा दिने अवस्था किन आयो, इतिहासले समीक्षा गर्ने नै छ।”

उनले पार्टीलाई भाँडभैलो र विधिविपरीतको विवादमा जान नदिन आफैंले मार्ग प्रशस्त गरेको स्पष्ट गरे। लामाले पार्टीको एकता, मर्यादा र नेतृत्वप्रतिको सम्मानका कारण यस्तो कदम चालेको जनाए।

“पार्टी सभापति शेरबहादुर देउवाको आग्रह र पार्टीलाई विधिमा चल्न आउन सक्ने समस्या रोक्न राजीनामा दिने निर्णय गरेको छु,” उनले थपे।

लामाले आजै प्रदेश प्रमुखलाई भेटेर औपचारिक रुपमा राजीनामा बुझाउने जानकारी पनि दिए।

मुख्यमन्त्री लामाको यो निर्णयसँगै वाग्मती प्रदेशको सत्ता समीकरण फेरबदलको संकेत देखिएको छ। आगामी दिनमा सत्ता सन्तुलन कसरी कायम गरिन्छ भन्ने विषयमा दलहरूको चासो बढेको छ।

  • Jigyasanepal

थप