Breaking News
हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज ३५ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा पनि बहाव बढ्ने    ||     छ प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

वाग्मतीका मुख्यमन्त्री बहादुरसिंह लामाद्वारा राजीनामाको घोषणा: ‘संविधानले नभने पनि सभापतिको आग्रहमा’

  •   १ वर्ष अघि | १८ साउन २०८२, आइतवार

हेटौंडा, साउन १८ – वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिने घोषणा गरेका छन्। आइतबार हेटौँडामा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टी सभापति शेरबहादुर देउवाको आग्रहलाई सम्मान गर्दै पदबाट हट्ने निर्णय सार्वजनिक गरेका हुन्।

मुख्यमन्त्री लामाले भने, “मैले संविधानतः राजीनामा गर्नुपर्ने कुनै कारण थिएन। म पाँच वर्षका लागि संसदीय दलको नेता निर्वाचित भएको थिएँ। दुई वर्षका लागि बनेको मुख्यमन्त्रीबाट अहिले नै राजीनामा दिने अवस्था किन आयो, इतिहासले समीक्षा गर्ने नै छ।”

उनले पार्टीलाई भाँडभैलो र विधिविपरीतको विवादमा जान नदिन आफैंले मार्ग प्रशस्त गरेको स्पष्ट गरे। लामाले पार्टीको एकता, मर्यादा र नेतृत्वप्रतिको सम्मानका कारण यस्तो कदम चालेको जनाए।

“पार्टी सभापति शेरबहादुर देउवाको आग्रह र पार्टीलाई विधिमा चल्न आउन सक्ने समस्या रोक्न राजीनामा दिने निर्णय गरेको छु,” उनले थपे।

लामाले आजै प्रदेश प्रमुखलाई भेटेर औपचारिक रुपमा राजीनामा बुझाउने जानकारी पनि दिए।

मुख्यमन्त्री लामाको यो निर्णयसँगै वाग्मती प्रदेशको सत्ता समीकरण फेरबदलको संकेत देखिएको छ। आगामी दिनमा सत्ता सन्तुलन कसरी कायम गरिन्छ भन्ने विषयमा दलहरूको चासो बढेको छ।

  • Jigyasanepal

थप