Breaking News
हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज ३५ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा पनि बहाव बढ्ने    ||     छ प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

‘मतदाता शिक्षा’का लागि टिकटक प्रतियोगिता: उत्कृष्ट भिडियोले पाउनेछ ५० हजार

  •   ७ महिना अघि | ८ फाल्गुन २०८२, शुक्रबार

फागुन ८, २०८२ | शुक्रबार | काठमाडौँ

युवामाझ लोकप्रिय सामाजिक सञ्जाल टिकटक अब निर्वाचन शिक्षाको सशक्त माध्यम बन्ने भएको छ। निर्वाचन आयोग ले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई लक्षित गर्दै ‘मतदाता शिक्षा’सम्बन्धी टिकटक भिडियो प्रतियोगिता सञ्चालन गर्ने घोषणा गरेको छ।

आयोगका अनुसार निर्वाचनलाई राष्ट्रिय महायज्ञका रूपमा लिँदै यसलाई भव्य, सभ्य र व्यवस्थित बनाउन सामाजिक सञ्जालको रचनात्मक प्रयोग गर्न लागिएको हो। अभियानअन्तर्गत एक मिनेट अवधिको सन्देशमूलक तथा संवादात्मक टिकटक भिडियो तयार गरी फागुन १७ गतेभित्र आयोगको इमेलमा पठाउनुपर्नेछ।

आकर्षक पुरस्कार

प्राप्त भिडियोहरूमध्ये सबैभन्दा बढी भ्युज प्राप्त गर्ने तीन उत्कृष्ट भिडियोले नगद पुरस्कार पाउनेछन्।

प्रथम: रु ५० हजार

द्वितीय: रु ३० हजार

तृतीय: रु २० हजार

साथै प्रमाणपत्रसमेत प्रदान गरिनेछ।

के–कस्ता विषयमा बनाउन सकिन्छ भिडियो?

भिडियो प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को सन्दर्भमा आधारित हुनुपर्नेछ। निर्वाचनको आवश्यकता, महत्त्व, मतपत्रमा सही तरिकाले छाप लगाउने प्रक्रिया, निर्वाचन आचारसंहिता, मतदाताको अधिकार र कर्तव्य तथा योग्य उम्मेदवार छनोटजस्ता विषय समेटिनुपर्ने आयोगले जनाएको छ।

भिडियो मौलिक हुनुपर्नेछ र आफ्नै अडियो तथा अभिनयलाई प्राथमिकता दिइनेछ। एक व्यक्तिले एक विषयमा एउटा भिडियो पठाउन सक्नेछन् भने दुई वा दुईभन्दा बढी व्यक्तिले पनि संयुक्त रूपमा भिडियो निर्माण गर्न सक्ने व्यवस्था छ।

भिडियोमाथि आयोगको अधिकार

आयोगमा प्राप्त भिडियोहरूमाथि आयोगको अधिकार रहनेछ र ती सामग्री आयोगले आफ्ना आधिकारिक सामाजिक सञ्जालमार्फत प्रसारण गर्न सक्नेछ। तोकिएका सर्त नपुगेका वा म्याद नाघी प्राप्त भएका भिडियो भने स्वीकार गरिने छैनन्। उत्कृष्ट भिडियो छनोट स्वतन्त्र विज्ञ तथा आयोगको संयुक्त मूल्याङ्कनबाट गरिनेछ।

फागुन २१ गते तय प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आयोगले युवा पुस्तालाई सृजनात्मक सहभागिताका लागि आह्वान गरेको हो। रमाइलोका लागि बनाइने टिकटक अब नागरिक सचेतनाको माध्यम बन्ने अपेक्षा गरिएको छ।

  • Jigyasanepal

थप