Breaking News
बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||     आज हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, बुधबारदेखि देशभर वर्षा हुन सक्ने    ||     बुधबारदेखि नेपालमा वर्षा गराउन सक्ने मौसमी प्रणाली सक्रिय हुने सम्भावना    ||    

वाग्मतीसहित विभिन्न स्थानमा चट्याङसहित वर्षाको सम्भावना

  •   ६ महिना अघि | १४ बैशाख २०८३, सोमवार

काठमाडौं । देशभर अहिले मौसममा आंशिक परिवर्तन देखिएको छ। पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावसँगै पूर्वी भूभागनजिक बनेको न्यूनचापीय क्षेत्रका कारण विभिन्न प्रदेशमा बदली र वर्षाको सम्भावना देखिएको हो।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि मध्यम बदली रहेको छ भने अन्य स्थानमा आंशिक बदली छ।

आज (सोमबार) दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ। त्यस्तै मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ।

विभागका अनुसार कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुनसक्ने सम्भावना छ। साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा पनि एक–दुई स्थानमा वर्षा वा हिमपात हुनसक्ने जनाइएको छ।

यता लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने आज पनि तातो दिनको सम्भावना कायम रहने विभागले जनाएको छ।

रातिको मौसम अवस्था

राति देशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कोसी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा वा हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ।

मौसमविद्हरूले चट्याङ तथा मेघगर्जनको सम्भावना भएका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेका छन्।

  • Jigyasanepal

थप