Breaking News
बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||     आज हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, बुधबारदेखि देशभर वर्षा हुन सक्ने    ||     बुधबारदेखि नेपालमा वर्षा गराउन सक्ने मौसमी प्रणाली सक्रिय हुने सम्भावना    ||    

राष्ट्रिय परिचयपत्र अब आफैँ डाउनलोड गर्न सकिने

  •   ४ महिना अघि | ४ असार २०८३, बिहिबार

काठमाडौं, असार ५ । सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवामा थप सहजता ल्याउँदै सम्बन्धित नागरिकले आफ्नै राष्ट्रिय परिचयपत्र अनलाइनमार्फत डाउनलोड गर्न सक्ने प्रणाली सञ्चालनमा ल्याएको छ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले शुक्रबारदेखि परीक्षण (पाइलट) का रूपमा उक्त सेवा सुरु गरेको जनाएको छ। विभागका अनुसार नागरिकले राष्ट्रिय परिचयपत्रसम्बन्धी वेब पोर्टलमार्फत आफ्नो फोटो तथा अनलाइन प्रमाणीकरण (भेरिफिकेसन) क्यूआर कोडसहितको राष्ट्रिय परिचयपत्र कार्ड डाउनलोड गर्न सक्नेछन्।

सरकारले सार्वजनिक सेवामा सुधार ल्याउने उद्देश्यले अघि सारेको १०० बुँदे कार्ययोजनाअन्तर्गत यो व्यवस्था कार्यान्वयनमा ल्याइएको हो। उक्त कार्ययोजनाको बुँदा नम्बर २ मा विभागको प्रणालीबाट फोटो र क्यूआर कोडसहितको राष्ट्रिय परिचयपत्र कार्ड सम्बन्धित व्यक्तिले आफैँ डाउनलोड गर्न सक्ने प्रणाली विकास गर्ने उल्लेख गरिएको थियो।

विभागका अनुसार राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरिसकेका नागरिकले आफ्नो नाम (नेपाली वा अंग्रेजी), जन्ममिति तथा नागरिकता जारी भएको मिति प्रविष्ट गरी परिचयपत्र डाउनलोड गर्न सक्नेछन्।

हालसम्म विभिन्न सार्वजनिक निकाय तथा संस्थाले विभागबाट मुद्रित फोटोसहितको राष्ट्रिय परिचय नम्बरको निस्साका आधारमा सेवा प्रवाह गर्दै आएका थिए। अब भने डाउनलोड गरिएको परिचयपत्रमा रहेको क्यूआर कोड स्क्यान गरी देखिने विवरण र नागरिकले प्रस्तुत गरेको परिचयपत्रको विवरण रुजु गरेर सेवा दिन विभागले सम्बन्धित निकायलाई अनुरोध गरेको छ।

यस व्यवस्थाले राष्ट्रिय परिचयपत्र प्राप्त गर्न लामो समय कुर्नुपर्ने झन्झट कम हुनुका साथै नागरिकलाई सेवा प्राप्तिमा थप सहजता पुग्ने अपेक्षा गरिएको छ।

डाउनलोड गर्न आवश्यक विवरण:

राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त भएको हुनुपर्ने

नाम (नेपाली वा अंग्रेजी)

जन्ममिति

नागरिकता जारी भएको मिति

सेवा उपलब्ध हुने पोर्टल:

https://citizenportal.donidcr.gov.np/ne⁠�

यो व्यवस्था लागू भएसँगै राष्ट्रिय परिचयपत्र प्राप्ति र प्रमाणीकरण प्रक्रिया थप डिजिटल, छरितो र नागरिकमैत्री बन्ने अपेक्षा गरिएको छ।

  • Jigyasanepal

थप