Breaking News
लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सार्ने परम्परासँगै चतुर्मास व्रतको शुभारम्भ    ||     सर्वोच्चको परमादेश : अब पशु चिकित्सकले कानुनी रूपमा औषधि सिफारिस गर्न पाउने    ||     नेपाली कम्युनिस्ट आन्दोलनका अग्रदूत पुष्पलालको ४८औँ स्मृति दिवस आज    ||     वाग्मतीसहित चार प्रदेशमा आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||    

वडा अध्यक्षको रहस्यमयी मृत्यु , के विष सेवन गरेका थिए ?

  •   १ वर्ष अघि | १० बैशाख २०८२, बुधबार

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिकाका वडाध्यक्ष जनक विष्ट रहस्यमय अवस्थामा मृत फेला परेका छन्।

बुधबार दिउँसो बेहोस अवस्थामा फेला परेका उनी उपचारको क्रममा महाकाली प्रादेशिक अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

बेदकोट नगरपालिका–९ का वडाध्यक्ष विष्ट सोही नगरपालिका–३ मा पर्ने बेदकोट ताल नजिकैको जङ्गलमा अचेत अवस्थामा फेला परेका थिए। प्रारम्भिक अनुसन्धानमा विषादी सेवन गरेको आशंका गरिएको छ।

घटनास्थलमा विषादीका खाली पोका भेटिएको प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिए। उनका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ भने घटनास्थल वरपरको इलाकामा आवश्यक प्रमाण संकलनको काम जारी छ।

विष्टको मृत्यु रहस्यमय देखिएको र यसलाई आत्महत्या वा अन्य कोणबाट पनि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

  • H

थप